भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

त्रियुगा नगरपालिकामा आजैदेखि मतगणना हुने

त्रियुगा नगरपालिकामा आजैदेखि मतगणना हुने

उदयपुर । त्रियुगा नगरपालिकामा पुनः मतगणना नुहने भएको छ । वडानम्बर १२ मा पुनः मतदानको माग गरे पनि निर्वाचन आयोगले नसुनेरै मतगणना गर्ने निर्णय गरेको हो । आजैदेखि मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए ।

उनले भने, ‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ, मतगणनाको तयारी गर्दैछौं ।’ मतदानमै विवादित भएसँगै मतगणना स्थगित भएको थियो । पुनः मतदान गर्ने सूचना टाँसिएको तर, मतगणना हुने भनेपछि अहिले त्यहाँको माहोल उत्साहित भएको छ ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राप्रपालगायतले पुनः मतदानको माग राखेका थिए । एमाले र कांग्रेसले मत गणनाका लागि दवाव दिदै आएपछि अहिले मतगणनाको तयारी थालेको आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.