भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौं महानगरमा साहको अग्रता कायमै रहदा चोक–चोकमा चर्चा

काठमाडौं महानगरमा साहको अग्रता कायमै रहदा चोक–चोकमा चर्चा

काठमाडौं । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र ४९ हजार ३ सय ५८ मत प्राप्तगर्दै अग्रता कायम गरेका छन् । साहले १ लाख ४५ हजार ३ सय ६२ मत गन्दा १९ हजार २ सय ८९ मतको अग्रता कायम गरेका हुन ।

काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ३० हजार ६९ मत प्राप्त गरिहदा नेकपा एमालेका केशव स्थापितले २९ हजार २ सय ८४ मत प्राप्त गरेका छन् । काठमाण्डौ महानगरपालिकाकै उपमेयर उम्मेदवार सुनिता डङ्गोलले ५२ हजार ८ सय ९ मत प्राप्त गरेकी छन् ।

उनलाई पछाईरहेका एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७ हजार ८ सय ८४ मत प्राप्त गरिरहदा डङ्गोलको मत ३४ हजार ९ सय २५ ले बढि रहेको छ । राप्रपाका उम्मेदवार बिनिता मगैयाले ९ हजार २ सय ६१ मत प्राप्त गर्दै पछाइ रहेका छन् ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहदा नेपालको राजनीतिमा नै एउटा तरंग पैदा भएको छ । सदन र चोक–चोकमा समेत काठमाडौं महानगरपालिकाको मतपरिणामबारे चर्चा चलिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.