भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

काठमाडौं महानगरमा साहको अग्रता कायमै रहदा चोक–चोकमा चर्चा

काठमाडौं महानगरमा साहको अग्रता कायमै रहदा चोक–चोकमा चर्चा

काठमाडौं । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र ४९ हजार ३ सय ५८ मत प्राप्तगर्दै अग्रता कायम गरेका छन् । साहले १ लाख ४५ हजार ३ सय ६२ मत गन्दा १९ हजार २ सय ८९ मतको अग्रता कायम गरेका हुन ।

काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ३० हजार ६९ मत प्राप्त गरिहदा नेकपा एमालेका केशव स्थापितले २९ हजार २ सय ८४ मत प्राप्त गरेका छन् । काठमाण्डौ महानगरपालिकाकै उपमेयर उम्मेदवार सुनिता डङ्गोलले ५२ हजार ८ सय ९ मत प्राप्त गरेकी छन् ।

उनलाई पछाईरहेका एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७ हजार ८ सय ८४ मत प्राप्त गरिरहदा डङ्गोलको मत ३४ हजार ९ सय २५ ले बढि रहेको छ । राप्रपाका उम्मेदवार बिनिता मगैयाले ९ हजार २ सय ६१ मत प्राप्त गर्दै पछाइ रहेका छन् ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहदा नेपालको राजनीतिमा नै एउटा तरंग पैदा भएको छ । सदन र चोक–चोकमा समेत काठमाडौं महानगरपालिकाको मतपरिणामबारे चर्चा चलिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.