काठमाडौं । थप १९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ रहेको छ । उपत्यकामा १ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ८६३, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
योसँगै काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । काठमाडौं उपत्यकामा हालसम्म एक लाख ८ सय ७२ जना संक्रमित भएका छन् । यसैगरी हालसम्म काठमाडौंमा ३१६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कुन जिल्लामा कति ?
इलाममा २, उदयपुरमा ७, ओखलढुंगामा ६, झापामा ३३, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा २०, संखुवासभामा ३४, सोलुखुम्बुमा ३ र सुनसरीमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी धुनषामा २४, पर्सामा १, बारामा ७, महोत्तरीमा ४, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा ३ र सिरहामा १७ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा ८ सय ६२ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा ५४, चितवनमा ८७, दोलखामा १७, धादिङमा १४, नुवाकोटमा ११, भक्तपुरमा ७१, मकवानपुरमा ८, रामेछापमा ६, ललितपुरमा १ सय ७४, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ८८ जनामा कोरोना भेटिएको छ।
कास्कीमा ८८, गोरखामा ११, तनहुँमा ७, नवलपरासी पूर्वमा १४, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ११, वागलुङमा ५ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।
अर्घाखाँचीमा २, कपिलवस्तुमा ७, गुल्मीमा ४, दाङमा ५१, नलवपरासीमा १९, पाल्पामा १५, बर्दियामा ९, बाँकेमा ८ र रुपन्देहीमा ६० जनामा कोरोना पाइएको छ। यस्तै कालिकोटमा १, दैलेखमा २, रुकुम पश्चिममा १, सल्यानमा ६ र सुर्खेतमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै अछाममा १, कञ्चनपुरमा ७, कैलालीमा २४, डडेल्धरामा ५, डोटीमा १, दार्चुलामा १९, बझाङमा २, बाजुरामा १ र बैतडीमा ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
