२० असार २०७७ काठमाडौं । आज थप २३२ जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पोजेटिभ देखिएको हो । अहिले सम्मको तथ्याङ्क हेर्दा नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २७२ जना निको भएर घर फर्किएका छन् भने डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ पुगेको छ । हाल सम्म नेपालमा संक्रमितमध्ये ३४ जनाको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आज मृत्यु हुने एक जना देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।उपचारका क्रममा मृत्यु भएपछि पिसिआर परीक्षण गरिएको थियो । उनको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको गौतमले बताए ।
भिडियाे हेर्न यहाँ थिच्नुस्…
https://www.facebook.com/Kailashkhabarnews/videos/269890574301817/
११ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित
नेपालका ११ जिल्लामा पाँच सयभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । हालसम्म प्रदेश नम्बर २ का रौतहट, महोत्तरी र सलार्ही, प्रदेश नम्बर ५ का कपिलवस्तु, पाल्पा र दाङ, कर्णाली प्रदेशको दैलेख र सुदुरपश्चिम प्रदेशको कैलाली, अछाम, डोटी र बाजुरा जिल्लामा पाँच सय भन्दा बढी संक्रमित देखिएका छन् । रौतहटमा १ एकहजार ३६ पुरुष र ६१ महिला संक्रमित पुष्टि भएका छन् ।
महोत्तरीमा ७ सय ३ पुरुष र ३१ महिला संक्रमित छन् । सर्लाही पुरुष ६ सय २८ र महिला ४६ संक्रमित पुष्टि भएका छन् । प्रदेश ५ को कपिलबस्तुमा ६ सय ९२ पुरुष र ६१ महिला संक्रमित भएका छन् । त्यसैगरि, दाङमा ५ सय १९ पुरुष र १०७ महिला, पाल्पामा ४ सय ९५ पुरुष र ४३ महिला, कर्णाली प्रदेशको दैलेखमा ७ सय ४२ पुरुष र ५५ महिला, सुदुरपश्चिम प्रदेशको कैलालीमा पुरुष ६ सय ५९ पुरुष र १७० महिला, अछाममा पुरुष ४ सय ६७ र महिला १ सय १९ जना संक्रमित भएका छन् ।
डोटीमा ३ सय ९० पुरुष र १६३ महिला, बाजुरामा ३ सय ६८ पुरुष र १सय ७१ महिला संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १७, डडेल्धुराका ३, डोटीका ३, गुल्मीका ९, कञ्चनपुरका ६, नवलपरासी ४, पाल्पाका १६, प्यूठानका ६, रुपन्देहीका ४, सर्लाहीका १६ र सिन्धुपाल्चोकका १२ जनामा कोरोना भेटिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका १ र सिरहाका ६ जनामा कोरोना पुष्टि भएको हाे ।
कोशी अस्पताल प्रयोगशाला विराटनगरमा इलाम र झापाका १र१ र मोरङका ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ४ जनामा कोरोना पाइएको छ । गत २० घण्टामा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३६ र सिरहाका १५ जनामा कोरोना भेटिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १५, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका ६ र नवलपरासी पूर्वका ७, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा बागलुङ र म्याग्दीका ३र३ र स्याङजा र तनँहुका १र१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका ३ र प्यूठानका २, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका ५ र रोल्पाका २, दैलेख प्रयोगशालामा दैलेखका १ जनामा कोरोना पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमित प्रदेश दुईमा भेटिएको छ । सबैभन्दा कम बागमति प्रदेशमा भेटिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ६ सय ८६, प्रदेश २ मा ४ हजार ८३, बागमतिमा ५ सय २५, गण्डकीमा १ हजार १ सय ३३, प्रदेश ५ मा ९ सय ४२, कर्णालीमा १ हजार ५ सय ४० र सुदूरपश्चिममा ३ हजार ५ सय ८२ जना संक्रमित भेटिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...