१६ असार २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/262304465067364/
३१६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । आज थपिएका ३१६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ३१९४ पुगेको छ भने कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ ।देशका सबै जिल्लामा संक्रमण फैलिएको छ ।
काठमाडौं र ललितपुरमा १३ जना संक्रमित थपिए
काठमाडौं र ललितपुरमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२ र ललितपुरमा १ गरी १३ जना संक्रमित थपिएको जानकारी दिए । थपिएका संक्रमितको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए ।
संक्रमण समुदाय स्तरमा देखियाे
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा अहिलेसम्म देखिएको कोरोना संक्रमितमध्ये ६ प्रतिशत समुदायकै व्यक्तिमा देखिएको बताएका छन् । स्वास्थ्य मन्त्री ढकालले नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै ९४ प्रतिशत संक्रमण भने विदेशबाट आएका व्यक्तिमा देखिएको बताएका छन् ।
हालसम्म नेपालमा १३ हजार ४ सय ४८ संक्रमित देखिएका छन्। त्यसमध्ये ३ हजार १ सय ३४ जना निको भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले एक करोड ५७ लाख बराबरको ७ भेन्टिलेटर सहित तीन सय थान गगल्स, एक हजार एक सय ५० सर्जिकल मास्क, पाँच सय ५० डिस्पोजल कभर, ग्लोब्स २० हजार थान, ४ सय ५० थान बुट, दुई ५० वटा स्यानिटाइटर लगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाएको छ । मन्त्री ढकालले स्वास्थ्य सामग्री सहयोगले स्वास्थ्यकर्मीको मनोबल बढ्ने बताए ।
डब्लुएचओको टोली चीन जाँदै
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको स्रोत पत्ता लगाउन एक टोली चीन पठाउने भएको छ । डब्लुएचओ टोली आगामी साता चीन जाने जनाइएको छ । डब्लुएचओ अधिकारीहरुले गत मेको सुरुदेखि नै कोरोना कहाँबाट फैलिएको हो भन्नेबारेमा अध्ययन गर्न विशेषज्ञको टोली बोलाउन चीनसँग आग्रह गर्दै आएको छ। टोलीमा को–को रहनेछन् भन्नेबारेमा भने डब्लुएचओले स्पष्ट पारेको छैन । वैज्ञानिकरुले भाइरस चीनको वुहान सहरस्थित जनावरको बजारबाट फैलिएको अनुमान गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
उत्तराखण्ड, १ असार । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम जाँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटनामा पर्दा चालक दलसहित सबै ७ जनाको मृत्यु भएको छ। आर्यन कम्पनीको उक्त हेलिकप्टर देहरादूनबाट केदारनाथतर्फ...
काठमाडौं, १ असार । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह तीव्र रूपमा बढ्दै गएको छ। धनकुटाको मछुवाघाटअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको...
काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा चट्याङ लागेर १८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रोल्पा, मकवानपुर, स्याङ्जा, प्यूठान,...
फिदिम, १ असार । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बारा सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय...