२ असार २०७७ मंगलबार, काठमाडौं । नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३८० जनामा संक्रमण देखिएको हो । आज थपिएका ३८० सहित नेपालमा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए ।
भिडियाे …
https://www.facebook.com/Kailashkhabarnews/videos/2684207571856720/
पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११५८ पुगेको छ । कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय
यसैबीच गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी सूचना अनुसार सो प्रदेशमा थप तीन जनामा संक्रमण पुष्टि भएको हो । कास्कीको पोखरा महानगरपालिका पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा उपचार गराइरहेका ९० वर्षका एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिकाका १२ र ४६ वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको हो ।गण्डकी प्रदेशमा मंगलबार बिहान मात्रै १८ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६ पुगेको छ ।
अस्पताल निर्देशक सहित २१ जना क्वारेन्टाइनमा
यता दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक सहित २१ जना क्वारेन्टाइनमा बसेका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरु क्वारेन्टाइनमा बसेका हुन् । प्रतिष्ठानकी उपकुलपति डा संगिता भण्डारीका अनुसार ४ जना डाक्टर, ११ जना नर्स र ६ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका हुन् ।अस्पतालको मेडिकल वार्डमा उपचारका क्रममा रहेका बिरामीमा कोरोना संक्रमण देखिएको हो।
स्वास्थ्यकर्मीमाथि ढुङगामुढा
बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् ।
उनीहरु क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि सोमबार दिउँसो गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफैँ आरडिटी गर्न पुगेका थिए । केही व्यक्तिको आरडिटी गरिसकेपछि एक महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आयो । ती महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टिनमा बसिरहेका उनीहरुले ‘तैँले किन आरडिटी रिपोर्ट पोजेटिभ निकालिस्’ भन्दै स्वास्थ्यकर्मीमाथि नै ढुङ्गामुढा प्रहार गर्न थाले ।
उनीहरुले प्रहार गरेको दुङ्गा लागेर स्वास्थ्य संयोजक भण्डारी घाइते भएका छन् । स्वास्थ्यकर्मी भण्डारीको छातीमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति सम्पर्क व्यक्ति ओमजङ्ग शाहीले जानकारी दिए ।
विश्वभर संक्रमितको संख्या ८० लाख नाघ्यो
विश्वभर कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ८० लाख ५ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमितको संख्या अमेरिकामा सर्वाधिक २१ लाख ११ हजार ६ सय २२ छ ।
त्यस्तै, ब्राजिलमा ८ लाख ८८ हजार २ सय ७१, रुसमा ५ लाख ३६ हजार ४ सय ८४, भारतमा ३ लाख ३२ हजार ४ सय २४ तथा बेलायतमा २ लाख ९८ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । विश्वभर ४ लाख ३५ हजार ६ सय २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १६ हजार १ सय १४ जनाको मृत्यु भएको छ । त्यस्तै, ब्राजिलमा ४३ हजार ९ सय ५९, बेलायतमा ४१ हजार ८ सय २१, इटालीमा ३४ हजार ३ सय ७१ जनाको मृत्यु भएको छ । विश्वभर ३८ लाख ३३ हजार ३ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ५ लाख ७६ हजार ३ सय ३४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, ब्राजिलमा ४ लाख ७२ हजार ३ सय १३, रुसमा २ लाख ८४ हजार २१, इटालीमा १ लाख ७७ हजार १० जना संक्रमणमुक्त भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत...
कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। यसअघि उनी २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुईपटक मुख्यमन्त्री...
काठमाडौं । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश...
म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या...