१ असार २०७७ सोमबार, काठमाडौं । नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
४५१ जनामा संक्रमण देखिएको हो । आज थपिएका ४५१ सहित नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा थप ६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ ।
जसमध्ये पुरुष ९३७ र महिला १०४ जना छन् । कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ । हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ ।
हेर्नुहाेस भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/838559643335884/
कर्णालीमा थप ११० जनामा कोरोना पुष्टि
कर्णाली प्रदेशमा आज थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्तिमार्फत कर्णाली प्रदेशमा आज थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमा दैलेखका मात्र ९१ जना छन् ।
त्यस्तै सुर्खेतका १९ जना छन् । प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरेको परीक्षणमा १०७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको परीक्षणमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ थपिएका सङ्क्रमितहरू दुई वर्षका बालकदेखि ५४ वर्ष सम्मका पुरुषसम्म छन् ।
२१ देखि २३ वर्ष उमेर समूहका ५ जना महिला छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७७ पुगेको छ । अहिलेसम्म १५१ जना उपचारपछि निको भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...