काठमाडौं । थप ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ । थप २८७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ७९ हजार २४२ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको संक्रमणका कारण मृत्यु छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार २ सय ४७ पुगेको छ । झापामा ६, संखुवासभामा १, सुनसरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषामा ११, पर्सामा १, बारामा ४, महोत्तरीमा ५, रौतहटमा १ , सप्तरीमा २ , सलार्हीमा २, सिराहमा १ जनामा कोरोना भेटिएको छ। काठमाडौंमा मात्र २ सय ८९ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा ३, चितवनमा १८, धादिङमा ३, भक्तपुरमा १२, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा ३८, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गोरखामा २, तनहुँमा ३, नवलपरासी पूर्वमा ९, लमजुङमा २, बाग्लुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ । अर्घाखाँचीमा १ , गुल्मीमा २, दाङमा १, नलवपरासीमा ४, पाल्पामा १८, बर्दियामा १, बाँकेमा ४, र रुपन्देहीमा ३६ जनामा कोरोना पाइएको छ। कञ्चनपुरमा १, र दार्चुलामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जानकारी दिएको छ।
