भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

‘जवानी ताजा ताजा छ’ मा उर्मिलाको रोमाण्टिक मुड

‘जवानी ताजा ताजा छ’ मा उर्मिलाको रोमाण्टिक मुड

काठमाडौं । न्युयोर्क सहरमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेकी गायिका उर्मिला लाम्गादे र लोकप्रिय गायक यम बरालको स्वरमा रहेको गीत ‘जवानी ताजा ताजा छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आनन्द अधिकारीको शब्दरहेको यस गीतमा शिखर सन्तोषले संगीत भरेका हुन् । युवा युवती विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक नाजिर हुसेन र उषा उप्रेतीको अभिनय रहेको छ । रविन्द्र न्यौपानेले छायांकन गरेको यस भिडियोलाई दिपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेका हुन् भने मोहित मुनालले संगीत संयोजन गरेका हुन् ।

ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई सुदिप बरालको निर्देशन रहेको छ । १३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादेले यसअघि ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा समेत अभिनय गरिसकेकी छन् । भर्खरै सार्वजनिक गरिएको यस गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

हेर्नुहोस भिडियो…

 


Thali Mobile Pvt.Ltd.