भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘जवानी ताजा ताजा छ’ मा उर्मिलाको रोमाण्टिक मुड

‘जवानी ताजा ताजा छ’ मा उर्मिलाको रोमाण्टिक मुड

काठमाडौं । न्युयोर्क सहरमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेकी गायिका उर्मिला लाम्गादे र लोकप्रिय गायक यम बरालको स्वरमा रहेको गीत ‘जवानी ताजा ताजा छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आनन्द अधिकारीको शब्दरहेको यस गीतमा शिखर सन्तोषले संगीत भरेका हुन् । युवा युवती विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक नाजिर हुसेन र उषा उप्रेतीको अभिनय रहेको छ । रविन्द्र न्यौपानेले छायांकन गरेको यस भिडियोलाई दिपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेका हुन् भने मोहित मुनालले संगीत संयोजन गरेका हुन् ।

ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई सुदिप बरालको निर्देशन रहेको छ । १३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादेले यसअघि ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा समेत अभिनय गरिसकेकी छन् । भर्खरै सार्वजनिक गरिएको यस गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

हेर्नुहोस भिडियो…

 


Thali Mobile Pvt.Ltd.