भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

थामि नसक्नु बजार भाउ, सम्बन्धीत निकाय वेवारिसे बन्दै

थामि नसक्नु बजार भाउ, सम्बन्धीत निकाय वेवारिसे बन्दै

काठमाडौं । सम्बन्धीत निकाय वेवारिसे बन्दा पछिललो समय बजार भाउ थामि नसक्नु भएको छ । चुनावपछि दैनिक उपभोग्य वस्तुको मूल्य २५ प्रतिशतले बढेपछि बजार भाउ थामि नसक्नु भएको हो । बजार भाउ बृद्धि भएपछि सर्वसाधारणलाई बाँच्नै मुस्किल हुने अवस्था सिर्जना भएको छ ।

दैनिक उपभोग्य वस्तुको मूल्य दिन प्रतिदिन बढ्दा पनि सरकारको बेवास्ता झनै बढ्दै गएको छ । नयाँ धान बजारमा आउने बेला पनि चामलकै मूल्य समेत अत्यधिक बढेको छ । ६८ लाख मेट्रिक टन धान आवश्यक पर्नेमा ५४ लाख मेट्रिक टन धान उत्पादन भएको छ ।

१४ लाख टन धानको अपुग हुने भएपछि पछिल्लो तीन महिनामा मात्रै चार अर्ब रुपैयाँको चामल भित्रिएको तथ्यांकले देखाएको छ । कात्तिक यता आटामा प्रति किलो २५ रुपैयाँ र मैदामा २० रुपैयाँ मूल्य बढेको तथ्यांक रहेको छ । चामलमा प्रतिकिलो १० देखि १८ रुपैयाँसम्म बढेको छ भने ठूला व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य मनपरी ढंगले बताएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.