भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

पाँच जना बिचौलिया मालपोत कार्यालयबाटै पक्राउ

पाँच जना बिचौलिया मालपोत कार्यालयबाटै पक्राउ

काठमाडौं । मालपोत कार्यालयका बिचौलिया पाँच जना पक्राउ परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट बिचौलियाको आरोपमा पाँच जना पक्राउ परेका हुन । छिटो काम गराइदिने भन्दै सेवाग्राहीलाई प्रलोभन देखाइ रकम बार्गेनिङ गरिरहेको सूचनाको आधारमा प्रहरीले पाँचै जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका पाँचै जनामाथि सार्वजनिक शान्ति विरूद्धको कसूर मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइ रहेको छ ।

पक्राउ पर्नेहरुमा महोत्तरीको मटिहानी नगरपालिका–९ का अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका–२ का रोशन कुमार यादव, जलेश्वर नगरपालिका–१ का विक्रम चौधरी, औरही नगरपालिका–४ का सुरेश गोप र बलवा नगरपालिका–१० का अमित कुमार मल्लिक रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.