काठमाडौं । तराईका दाङ, बाँके र बर्दिया लगायतका थारू बस्तीमा यतिबेला जताततै माघीको रौनक छाएको छ भने मगर समुदायमा भूम्याको रौनक । थारू समुदायको मुख्य पर्व माघी आइतबार परेकाले थारू बस्ती माघीमय बनेका छन् ।
माघी पर्व आउनुभन्दा साता दिनअघिबाटै माघी पर्वको रमझम सुरु भइसकेको बाँकेको राप्तीसोनारी निवासी हेमन्त चौधरीले बताए । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहारका रूपमा मनाउँछन् ।
थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जायमान भइरहेको जनाउँदै बाँके कोहलपुर मैटहवा निवासी राजेन्द्र चौधरीले थारू बस्तीमा युवा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्न व्यस्त रहेको बताए । दशैँतिहारमा घर नआएका व्यक्ति माघीमा आउने गर्छन ।
यसले थारू बस्तीमा बेग्लै रौनक छाउने गरेको छ । विभिन्न स्थानमा माघी मिलन र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएका छन् । थारू समुदायका अगुवाका अनुसार थारूहरूले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् ।
माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्य आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गर्ने गरिन्छ ।यतिबेला थारू बस्तीका चोकचोकमा युवाको जमघट बढेको जनाउँदै बाहिरबाट आएकाहरू साथीभाइ, आफन्त, इष्टमित्रसँग आत्मीयता साटासाट गर्नमा व्यस्त रहेकाले माघीको रमाइलो माहोल देखिएको छ ।
थारू समुदायमा माघेसङ्क्रान्तिको अघिल्लो दिन रातभर जाग्राम बसेर भजन कीर्तन गर्ने चलन छ । बिहान नजिकैको खोला नदीमा नुहाउने गरिन्छ । यस दिन खोला नदीमा गई नुहाउँदा वर्षभरिको पाप पखालिने जनविश्वास छ ।
आफूभन्दा ठूला मान्यजनलाई सेवाढोग गरी आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यता माघेसङ्क्रान्ति मगर समुदायको विशेष पर्व हो । यो समुदायले भूम्यालाई बल पूजापछिको ठूलो पर्वका रूपमा मनाउने गर्दछ ।
माघेसङ्क्रान्तिका दिन छोरीचेलीलाई ‘मिसरा बाँड्ने’ अर्थात् पुज्ने चलन छ । बिहान भाले बासेसँगै उठ्ने र घरमा भएका चेलीबेटीलाई पुजेपछि माघेसङ्क्रान्ति पर्व सुरु भएको मानिन्छ । दाजुभाइले दिदीबहिनीलाई टपरीमा फलफूल, रोटी, तरुल, चामल, दक्षिणा अन्य उपहार दिने गर्छन् ।
यसलाई मिसरा बाँड्ने भनिन्छ । घरका चेलीबेटीलाई पुजिसकेपछि छरछिमेक र गाउँका चेलीबेटीलाई पुजिन्छ । भूम्या मनाउन पुस मसान्तका दिन राँगा तथा खसी–बोका काटिन्छ, कन्दमूल पकाएर खाइन्छ । माघ १ गते घरका छोरीचेली नपुजी अरू कुनै काम सुरु हुँदैन ।
चेलीबेटी पुजिसकेपछि गाउँमा तीर हान्ने प्रतियोगिता सुरु हुन्छ । धनुषवाणमार्फत हरेक टोलमा तारो अर्थात् तीर हान्ने प्रतियोगिता हुने गरेको रोकामगरले जानकारी दिए ।
पुथाउत्तरगङ्गाका १४ वटै र भूमे गाउँपालिकाका धेरै वडामा भूम्या मनाइन्छ । रुकुमपूर्वका विभिन्न स्थानमा मगर समुदायको बाक्लो बसोबास रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको उद्घाटन...
काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सचेतकसँग छलफल गर्दै छन् । विहान ९ः०० सबै दलका प्रमुख सचेतकलाई बोलाइएको प्रम सचिवालयले जनाएको छ। छलफल बालुवाटारमा बोलाइएको छ। छलफलमा...
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी...