भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

थारू समुदायको पहिचान र संस्कृति संरक्षण गर्न सङ्ग्रहालय स्थापना

थारू समुदायको पहिचान र संस्कृति संरक्षण गर्न सङ्ग्रहालय स्थापना

परासी । आदिवासी थारू समुदायको परम्परागत संस्कृति र पहिचान संरक्षण गर्न नवलपरासी बर्दघाट सुस्ता पश्चिममा थारू सङ्ग्रहालय स्थापना गरिएको छ । जिल्लाको सरावल गाउँपालिका–१ तुलसीनगरस्थित पूर्वपश्चिम राजमार्ग नजिकै जिल्लामै पहिलो थारू सङ्ग्रहालय स्थापना गरिएको हो । सङ्ग्रहालयका लागि रु ७० लाखको लागतमा भवन निर्माण गरिएको छ ।

सरावल गाउँपालिका, पूर्वमन्त्री गोपाल दहितको सांसद विकास कोष, साविक जिविसको सहयोग तथा श्रमदानबाट थारू मिलन केन्द्र तथा सङ्ग्रहालय भवनको निर्माण गरिएको थारू कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष मुन्द्रिका चौधरीले जानकारी दिए । “यो जिल्लाकै पहिलो थारू सङ्ग्रहालय हो, यहाँ हाम्रो लोप हुन लागेको परम्परागत वेषभूषा, रीतिरिवाज, रहनसहन, संस्कृति, पहिचान झल्किने सामग्री राखिनेछ, यसबाट थारू समुदायको संस्कृति संरक्षण हुने र पर्यटक पनि आकर्षित हुने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो ।

सङ्ग्रहालयमा एक महिनाभित्र थारू संस्कृति झल्काउने सामग्री हलो, जाँतो, कुटो, कोदालो, ढिकी, खल, जाल, परम्परागत थारू पहिरनलगायत अवलोकन गर्न सकिने अध्यक्ष चौधरीले बताए । थारू भाषामा प्रकाशित पुस्तक पनि सङ्ग्रहालयमा राखिएको छ । सङ्ग्रहालय भवनको उद्घाटन गर्दै पूर्वमन्त्री दहितले थारू समुदायको पहिचान र ऐतिहासिकता संरक्षणमा सङ्ग्रहालयले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले थारू संस्कृति संरक्षण गर्न नयाँ पुस्तालाई परम्परागत लोक संस्कृति, रीतिरिवाज, पहिरन तथा सामग्रीबारेमा अध्ययन अवलोकन गर्न प्रेरित गर्नुपर्ने बताए । गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले विसं २०६६ बाट सुरुआत गरी थोरै–थोरै रकम जुटाएर अहिले सङ्ग्रहालय स्थापना गर्न सफल भएको बताउनुभयो । उहाँले गाउँपालिकाले सुरुदेखि नै बजेट सहयोग गर्दै आएको र यस वर्ष पनि सङ्ग्रहालय व्यवस्थापन तथा सञ्चालनका लागि रु पाँच लाख विनियोजन गरेको जानकारी दिए ।

सङ्ग्रहालयमा राखिने थारू सामग्रीको अध्ययन अवलोकनबाट लोप हुने अवस्थामा पुगेको थारू संस्कृतिको ज्ञान हुने, जीवनशैली बुझ्न सजिलो हुनाका साथै पर्यटकीय केन्द्रका रूपमा पनि यो स्थल विकास हुने उहाँले बताए । थारू जातिको बाहुल्यता रहेको स्थल सरावलमा थारू सङ्ग्रहालय हुनु गौरवको विषय भएको जनाउँदै उहाँले पूर्वपश्चिम राजमार्ग नजिकै रहेकाले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.