भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

दम्भ यसरी ढल्यो, अब कसको सरकार ?

दम्भ यसरी ढल्यो, अब कसको सरकार ?

काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भए । पदमुक्त भएसंगै राजनैतिक चढाब बढेको छ । ओली नेतृत्वको दम्भीय सरकार ढाल्न प्रतिनिधिसभामा सहज रस्साकस्सी चलेको थियो ।

आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बने भने अबका चार दिन कसको सरकार बनाउँने भन्नेमा नै दलहरु केन्द्रीत हुने देखिन्छ । प्रधानमन्त्री ओलीको विश्वासको पक्षमा ९३ मत मात्रै खसेको थियो भने प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो । सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी भएका थिए ।

तीमध्ये १५ सांसदहरु तटस्थ बसे। एमालेको माधव नेपाल पक्षका सांसद अनुपस्थित रहे । त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहे ।प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारका लागि संसदको विशेष अधिवेशन बोलाएकी थिइन् ।

मतदान प्रक्रियामा पीसीआर नेगेटिभ नतिजा भएकालाई मुख्य सभाकक्षमा मतदानको व्यवस्था मिलाइएको थियो भने पोजिटिभ संक्रमितलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइएको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.