भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

दलहरूबीच सहमति जुटेन, सहमतिका लागि पाँच दिनकाे समय ताेकियाे

दलहरूबीच सहमति जुटेन, सहमतिका लागि पाँच दिनकाे समय ताेकियाे

३ असार २०७७ काठमाडौं । नागरिकता विधेयकमा वैवाहिक अंगीकृतको विषयमा दलहरूबीच देखिएको विवाद अझै मिलेको छैन ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल जारीरहेको नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्ताव पेश भए पनि कांग्रेसले विमति जारी राखेको छ ।

नेकपाले यसलाई समर्थन गरेकाे छ भने कांग्रेसले विरोध जारी राखेको छ । संविधानमा नेपाली नागरिकसँग बिहे गरेर आएपछि उसले चाहेमा अंगीकृत नागरिकता लिन सक्ने भनिएको प्रावधानलाई नै मानेर जानुपर्ने र त्यही अनुसार ऐन आउनुपर्ने अडान कांग्रेसले लिएपछि सहमति जुट्न गाह्राे भएकाे हो ।

सहमति नजुटेपछि समिति सभापति शशी श्रेष्ठले सहमति जुटाउन पाँच दिनको समय दिएर बैठक सकिएको हाे ।

 


Thali Mobile Pvt.Ltd.