भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

दलित समुदायमा लैङ्गिक हिंसाका घटना बढी

दलित समुदायमा लैङ्गिक हिंसाका घटना बढी

गलकोट । बागलुङमा लैङ्गिक हिंसाका घटनामा पुरुषसमेत पीडित हुने गरेका छन् । पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएकामा क्रमशः पुरुष समेत हिंसामा परेको तथ्याङ्क सार्वजनिक भएको छ । बागलुङमा लैङ्गिक हिंसामा परेर प्रहरी चौकी, अस्पताल पुग्ने र पुनःस्थापना हुनेको तथ्याङ्क हेर्ने हो भने लैङ्गिक हिंसा पीडितमध्ये केही पुरुषसमेत रहेका छन् ।

लैङ्गिक हिंसामा पर्ने जातजाति समुदायमध्ये धेरै दलित समुदायबाट लैङ्गिक हिंसाका घटना भएको पाइएको छ । शैक्षिकस्तर कम हुनु, चेतनाको कमीलगायतका कारण दलित समुदायका महिला तथा पुरुषमा लैङ्गिक हिंसाका घटना बढी मात्रामा भएको देखिएको छ । लैङ्गिक हिंसा पीडितको परामर्श, उपचार तथा पुनःस्थापना गर्दै आएको धौलागिरि अस्पताल बागलुङमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले वर्षेनी लैङ्गिक हिंसाका घटना बढ्दै गएको र यसमा पनि दलित समुदायका बढी पीडित हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०७५–७६ सम्म लगातार बढ्दै आएको लैङ्गिक हिंसा पीडितका घटनामा २०७७–७८ मा केही घटेको पाइएको थियो । कोरोना भाइरसका कारण लैङ्गिक हिंसाका घटना अस्पताल र प्रहरीसम्म आउन नसकेको लैङ्गिक हिंसा पीडितको परामर्श, उपचार तथा पुनःस्थापना गर्दै आएको धौलागिरि अस्पताल बागलुङमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख परामर्शदाता देवी भट्टराईले जानकारी दिनुभयो ।

“तथ्याङ्कका आधारमा आव २०७५–७६ सालमा ११६ महिला तथा २० पुरुष गरी १३६ जनामा लैङ्गिक हिंसा भएको थियो, त्यसपछि २०७६–७७ मा घटेर ८७ पुगेको थियो”, भट्टराईले भन्नुभयो, “आव २०७७–७८ को असार २१ गतेसम्म ८६ लैङ्गिक हिंसाका घटना भएका छन्, कोरोनाका कारण केही लैङ्गिक हिंसाका घटना घरमै सीमित रहेको अनुमान छ ।” पछिल्लो समय लैङ्गिक हिंसाका घटना महिला पुरुषले सहेर बस्ने अवस्था नरहेका कारण दिनानुदिन यी घटना बाहिर आइरहेको भए पनि कोरोनाका कारण तथ्याङ्कमा भने केही कमी आएको उहाँको भनाइ छ ।

हिंसा पीडितको तथ्याङ्कअनुसार अधिकांश १४ देखि ५९ वर्ष उमेर समूहका महिला र पुरुष हिंसामा पर्दै आएका छन् । लैङ्गिक हिंसामा परेकालाई उद्धार, परामर्श, औषधोपचारदेखि पुनःस्थापनासम्मको काम गर्दै आएको केन्द्रले निःशुल्क खान र बस्न र यातयातको सुविधासमेत प्रदान गर्दै आएको छ । विसं २०७७–७८ मा बलात्कार १०, यौन हिंसा १९, मानसिक दबाब ३१, घरेलु हिंसा २३, हातपातका जम्मा तीन वटा घटना भएका थिए ।

यसमा पुरुष भने मानसिक दबाब, घरेलु हिंसा तथा हातपातमा पीडित भएका छन् । चालु आवमा पीडित भएका ८६ घटनामध्ये ७७ बागलुङका, चार पर्वतका र पाँच म्याग्दी जिल्लाका छन् । जातजातिअन्तर्गत सबैभन्दा बढी दलित ४४ जना, जनजाति २२ जना, ब्राह्मण क्षति २० जना पीडित भएको तथ्याङ्कमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.