दशैँको टीकाको दोश्रो दिन आज पनि टीका

दशैँको टीकाको दोश्रो दिन आज पनि टीका

काठमाडौं । आश्विन शुक्ल पक्षको एकादशी । दशैँको टीकाको दोश्रो दिन आज पनि टीका लगाइन्छ ।

नवरात्रभरी नवदुर्गा भवानीको पूजा गरेर विजयादशमीको दिन देवीको प्रसाद लगाउने गरिन्छ ।

आफ्नो घर तथा नजिकका आफन्तसँग दशैंको दिन मान्यजनको हातबाट टीका लगाइन्छ भने टाढा रहेका मामाघर, ससुराली तथा अन्यको हातबाट पूर्णिमासम्म टीका लगाउने परम्परा रहेको छ ।

कोजाग्रत पूर्णिमाका दिन जमरालाई विसर्जन गरेपछि दशैं सकिने परम्परा छ ।

 


Thali Mobile Pvt.Ltd.