काठमाडौं । सरकारले यसवर्षका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्षको दसैँका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको जनाएको छ ।
खसी बोका तथा च्याङ्ग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् । घटस्थापनाका केही दिनअघि काठमाडौँमा खरिद गरिएका खसी बोका तथा च्याङ्ग्रा काठमाडौँमा आउने छन् ।
घटस्थापनादेखि नै कम्पनीले विक्रिवितरण सुरु गर्ने जनाएको छ । गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यसवर्ष भाउ बढाउने कम्पनीले जनाएको छ ।
