भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

कञ्चनपुरमा १० प्रतिशतसम्म खेतीयोग्य जमिन घट्दै

कञ्चनपुरमा १० प्रतिशतसम्म खेतीयोग्य जमिन घट्दै

कञ्चनपुर । अन्न भण्डारका रूपमा चिनिने कञ्चनपुरमा पछिल्लो समय खेतीयोग्य जमिन घट्दै गएको छ । उत्पादनका हिसाबले महेन्द्रनगर, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास र दोधारा चाँदनी उर्वर भूमिका रूपमा रहेको छ ।

तर पछिल्ला केही वर्षयता यही उर्वर भूमिमा धमाधम घर बनिरहेका छन् । बजार क्षेत्रको खेतीयोग्य जमिनमा धमाधम घर बन्ने क्रम बढिरहेको छ भने अन्य केही क्षेत्रमा नदीको कटानले गर्दा जमिन मासिदै गएको छ ।

कृषि ज्ञान केन्द्र महेन्द्रनगरका अनुसार कञ्चनपुरमा कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार सात सय ४१ हेक्टर रहेको छ । जसमध्ये ५६ हजार छ सय दुई हेक्टर अर्थात् ३५ प्रतिशत जमिनमा खेती हुने गरेको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत हरिदत्त जोशीले बताए ।

कञ्चनपुरमा बर्सेनि पाँचदेखि १० प्रतिशतले खेतीयोग्य जमिन घट्दै गएको बताए । ुहरेक वर्ष पाँच दश प्रतिशत खेतीयोग्य जमिन घट्दै गएको छ यो बसाइँसराइका कारणले धेरै ठाउँमा घर बनेका छन ।

खेतीयोग्य जमिन घटेको छ, केही ठाउँमा नदी कटानले पनि घटेको छ । स्थानीय तहलाई कृषि क्षेत्र र गैरकृषि क्षेत्रको जग्गा छुट्याउन निर्देशन दिइसकेको छ ।

केही दिनअघि मात्रै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मङ्सिर २३ गतेभित्र कम्तीमा कृषि क्षेत्र र गैरकृषि क्षेत्रको जग्गा छुट्याउन स्थानीय तहलाई निर्देशन दिएको छ । यसले गर्दा खेतीयोग्य जमिनको संरक्षण हुने कृषिविज्ञ बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.