भर्खरै : Sorry, your browser does not support inline SVG.
उच्च शिक्षाको समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट, त्रिविले आवेदन लिन बन्द गर्‍यो | रसुवागढी नाकाबाट ६ हजार ५०० बढी विद्युतीय सवारी आयात, १५ अर्बभन्दा बढी राजश्व सङ्कलन | हर्मुज जलघाँटीमा अमेरिका–इरान तनाव फेरि चर्कियो, अमेरिकी हवाई आक्रमण तीव्र | सरकारसँग सहमति नजुट्दा मिटरब्याज पीडितको मार्चपास निजगढमै रोकियो | ५ निकाय सचिवविहीन, ५ सचिव भने अतिरिक्त समूहमा जिम्मेवारीविहीन | तीन महिनामा ९० हजार सवारीचालक अनुमतिपत्र वितरण | आर्थिक वर्षको अन्त्यतिर राजश्व संकलनमा सुधार, सवा १२ खर्ब उठ्यो | अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड |

दाङमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

दाङमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

दाङ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले बताए ।

बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको बताए। शवलाई लमही अस्पतालमा राखिएको छ ।

बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.