भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

क्षतिपूर्ति दिने विषयमा रुस सकारात्मक,रुसी सेनामा ५ सय नेपाली भर्ती भएको हनुसक्ने अनुमान

क्षतिपूर्ति दिने विषयमा रुस सकारात्मक,रुसी सेनामा ५ सय नेपाली भर्ती भएको हनुसक्ने अनुमान

काठमाडौं । रुसले नेपालीको परिवारलाई क्षतिपूर्ति दिने संकेत गरेको छ । रुसले युक्रेन युद्धमा मारिएका परिवालाई क्षतिपूर्ति दिने विषयमा मस्कोस्थित नेपाली राजदुतावास र रुसी अधिकारीहरुबिच लगातार भएको संवादपछि रुस सहमत भएको बताइएको हो ।

रुसले लडाइमा मारिएका सैनिकका परिवारलाई करिब ७५ लाख नेपाली रुपैयाँ क्षतिपूर्ति दिँदै आएको छ । मारिएका नेपालीका परिवारलाई समेत सोही व्यवस्था अनुसार क्षतिपूर्ति दिने विषयमा रुस सकारात्मक देखिएपनि उनीहरुको शव नेपाल फर्काउन भने रुसले नमानेको जनाएको छ ।

रुस युक्रेन युद्धमा अहिलेसम्म १२ जना नेपालीको मृत्यु भइसकेको छ भने कम्तिमा दुई जनालाई युक्रेनी सेनाले नियन्त्रणमा राखेको छ । रुसी सेनामा ५ सय जना नेपाली भर्ती भएको हनुसक्ने अनुमान गरिएको छ ।

नेपाल सरकार वा रुसी पक्षले यसबारे आधिकारिक जानकारी गराएका छैनन् । रुसी सेनाको नियमअनुसार लडाइमा मरिएका अन्य सैनिकजस्तै नेपालीलाई पनि क्षतीपूर्ति रकम दिने तयारी भएको हो ।

 


Thali Mobile Pvt.Ltd.