भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

दाङ, बाँके र रूपन्देहीका गरी तीन जना संक्रमितको मृत्यु

दाङ, बाँके र रूपन्देहीका गरी तीन जना संक्रमितको मृत्यु

काठमाडौँ । दाङ, बाँके र रूपन्देहीका तीन कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ९ पिपरीका ३८ वर्षीय पुरूषको शुक्रबार राति ११ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यस्तै दाङको घोराही उपमहानगरपालिका ३ का १५ वर्षीय किशोरको पनि उपचारका क्रममा मृत्यु भएको छ । दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति नौ बजे मृत्यु भएको हो ।

योसहित बाँकेमा कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । यता रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको बुटवलमा शुक्रबार दिउँसो मृत्यु भएको हो । योसँगै रुपन्देहीमा कोरोना संक्रमित मृतकको संख्या ३४ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.