काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका । भाईटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तिहारको अन्तिम दिन मनाइने भाइटीकाले दाजुभाई र दिदीबहिनीबिचको सम्वन्ध झनै प्रगाढ बनाउने गर्दछ ।
दिदीबहिनीहरुले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरी परम्परानुसार सप्तरङ्गी टीका लगाइदिने चलन रहेको छ । आजका दिन दिदीबहिनीले दाजुभाईको आयु आरोग्य सम्बृद्धिको कामना गर्दै अष्ट चिरञ्जिवीको पूजा समेत गर्दछन् । भातृ प्रेम कि उपमा यमुना र उनका दाजु यमराजलाई आदर्श मानेर दिदीबहिनीले दाजुभाइप्रति सम्मान स्नेह र प्रेम प्रकट गर्दछन् ।
पौराणिक कथनअनुसार धर्मलोक र प्रेत लोकका अधिपति बनेका यमराजलाई उनकी बहिनीले आफ्नो घरमा आउन सधै आग्रह गर्छिन् । फुर्सद नभएका यमराजले एकदिन बहिनीको आग्रहलाई मानेर पाँच दिनका लागि सारा काम छाडेर बहिनीको घरमा गए । यमुनाले आफ्ना दाजुलाई सम्मान सत्कार र स्याहार गरिन् । यो देखेर प्रशन्न भएका यमराजले यमुनाले बर मागे अनुसार दिदीबहिनीले लगाइदिएको मखमलीको माला नओइलिएसम्म दाजुभाइलाई मृत्यु लोकमा नलैजाने बरदान दिएका थिए ।
