भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

दासढुङ्गामा बस दुर्घटना, १९ जना घाइते

दासढुङ्गामा बस दुर्घटना, १९ जना घाइते

चितवन । भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

बिहान करिब ५ बजेतिर काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसी रुखमा अड्किँएको थियो ।

बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

घाइतेहरूका पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यलयबाट २५ जनाको उद्धार सहितको टोली खटिएको छ ।

 


Thali Mobile Pvt.Ltd.