भर्खरै : Sorry, your browser does not support inline SVG.

दासढुङ्गामा बस दुर्घटना, १९ जना घाइते

दासढुङ्गामा बस दुर्घटना, १९ जना घाइते

चितवन । भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

बिहान करिब ५ बजेतिर काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसी रुखमा अड्किँएको थियो ।

बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

घाइतेहरूका पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यलयबाट २५ जनाको उद्धार सहितको टोली खटिएको छ ।

 


Thali Mobile Pvt.Ltd.