भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

बाजेको कुटाइबाट २ वर्षीय नातीको मृत्यु

बाजेको कुटाइबाट २ वर्षीय नातीको मृत्यु

बैतडी । बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका ५० वर्षीय गणेश साउँदको कुटाइबाट २ वर्षीय नाती रेशम साउँदको मृत्यु भएको हो । यस्तै ८ वर्षीय नाती रिजन साउँद गम्भीर घाइते भएका छन् ।

बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपिट गरेका थिए । बाजेको कुटपिटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार अर्का बालक रिजनको नवजीवन अस्पताल धनगढीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.