भर्खरै : Sorry, your browser does not support inline SVG.

दिवङ्गत आफन्तको सम्झना भक्तपुर गाईजात्रा

दिवङ्गत आफन्तको सम्झना भक्तपुर गाईजात्रा

भक्तपुर । एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व भक्तपुरका नेवार समुदायले विहानै देखि मनाउँदैछन् । विशेष गरी नगरभित्र यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिन अर्थात् आज मनाइँदैछ । दिवङ्गत आफन्तको सम्झनामा परिवारका मानिसको सहभागितामा गाई र मानिसलाई शृङ्गारी नगर परिक्रमा गराई मनाइन्छ ।

नेवारी संस्कृतिको परम्पराअन्तर्गत यस जात्रालाई बर्सेनि निरन्तरता दिएको हो । भक्तपुरको गाईजात्रा संस्कृति, मौलिकतालाई नेवार समुदायले अनुसरण गर्दै नाटक, व्यङ्ग्य प्रहसन तथा संस्कृति झल्कने नाचसहित मनाउँदै छन् । बनेपा, धुलिखेल, पनौती, पाँचखाल, साँग, नालालगायत जिल्लाको मुख्य सहरका बजारमा नेवार समुदायका परिवारले गाई र मानिसलाई शृङ्गारी नगर परिक्रमा गराउँदै यो पर्व मनाइरहेका छन् ।

जात्राको पोसाकका मुकुण्डो लगाई विभिन्न वाद्यवादन सामग्री बजाउँदै नाच प्रदर्शन गरी नगर परिक्रमा गरिरहेका छन् । परिक्रमाका क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, दहीचिउरा, खाद्यान्न तथा दक्षिणा दान गर्ने प्रचलन रहेको छ । नगर परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्ति ‘गाईको पुच्छर समाई वैतरणी पार’ हुन्छन् भन्ने धार्मिक जनविश्वास छ ।

cराजा प्रताप मल्लले पुत्रशोकले भावविह्ल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने सन्देश दिन ‘जनतालाई आ–आफ्नो घरका मरेको ब्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी अर्ती दिएका आधारमा यो पर्व सुरु गरिएको ऐतिहासिक तथ्य रहेको पाइन्छ । काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोकलगायत नेवारी समुदायको बाक्लो बस्ती रहेको स्थानमा जात्रा मनाइदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.