२९ जेठ २०७७ बिहीबार, काठमाडौं । बिहीबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले प्रस्तुत गरेकाे तथ्यांक बाझिएकाे छ । मिडिया ब्रिफिङका क्रममा गौतमले कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ भनेर दिएकाे जानकारी बाझिएकाे हाे । प्रयोगशाला परीक्षणको जानकारी दिइसकेपछि उनले संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको बताएका हुन् ।
तर, उनले प्रदेशगत तथ्यांकको विवरण दिने क्रममा भने संक्रमितको संख्या ४ हजार ६ सय २२ रहेको जानकारी दिए ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३ सय ७, प्रदेश २ मा १ हजार ६ सय ७१, बागमति र गण्डकीमा समान १ सय ४७, प्रदेश ५ मा १ हजार ३ सय ९९, कर्णालीमा ७ सय ५९ र सुदूरपश्चिममा १ सय ९२ जना संक्रमित भेटिएका छन् ।
प्रदेशगत संक्रमितको संख्या जोड्ने हो भने ४ हजार ६ सय २२ हुन्छ । मन्त्रालयबाट आउने यस्ताे दोहोरो तथ्यांकले अन्योल सिर्जना गरेको छ ।
हेरौं भिडियो…
https://www.facebook.com/Kailashkhabarnews/videos/257502475480916/
मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा २ सय ५० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको हाे । नयाँ संक्रमितमध्ये २ सय ३० जना र पुरुष २० जना महिला रहेका छन् । विराटनगरमा भएको परीक्षणमा सुनसरीका ३ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा रौतहटका ३ जना, हेटौडामा भएको परीक्षणमा बाराका ७ जना र धादिङका ७ जनामा संक्रमण देखिएको छ ।
यस्तै जनकपुरमा भएको परीक्षणमा सर्लाहीका २ जना, रौतहटका १५ र महोत्तरीको ४ जनामा संक्रमण देखिएको छ। यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जना, कोसी अस्पतालमा भएको परीक्षणमा झापाका ३ जना, राप्ती अस्पतालमा भएको परीक्षणमा दाङका ८ जना, भेरी अस्पतालमा भएको परीक्षणमा रोल्पाका १४ जना र बाँकेका १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
यस्तै सुर्खेतमा भएको परीक्षणमा दैलेखका ४८ जना, सुर्खेतका ७ जना, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका १ जना, प्युठानका ७ र रुपन्देहीका २९ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताए। सेती अस्पतालमा भएको परीक्षणमा कैलालीका ७, बाजुरा १८ जना र बझाङका २ तथा धुलिखेल अस्पतालमा भएको परीक्षणमा पश्चिम नवलपरासीका ६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा कपिलवस्तुका १ र रौतहटका ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्म १५ पुगेको छ। बिहीबार १ सय ८७ गरी अहिलेसम्म जम्मा ८ सय ६१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। बिहीबारसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० र आरडिटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण भएका छन् ।
गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । अहिले देशभरका विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जना उपचाररत रहेका छन् । देशभर १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मोरङ । कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।...
पोखरा । गण्डकी प्रदेश सरकार रु दुई करोड ३५ लाख ८९ हजार प्रदान गरेको छ । क्यान्सर उपचार सहायता कार्यक्रमबाट सात सय ३३ जना लालाई प्रदेश सरकारले उक्त रकम...
काठमाडौँ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा हिमपातको सम्भावना रहेको छ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
रुकुम पूर्व । दुई जनाको हत्याका आरोपी रुकुममा मृत अवस्थामा फेला परेका छन् । रुकुम पूर्वको भूमे गाउँपालिका–४ मा दुईजनाको हत्या गर्ने हत्या आरोपी मृत फेला परेका हुन ।...