भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुई पूर्व प्रधानमन्त्री बाहेकको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँदै सीआइबी

दुई पूर्व प्रधानमन्त्री बाहेकको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँदै सीआइबी

काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालय बुझाइने भएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले काठमाडौं जिल्ला अदालतलाई उक्त प्रतिवेदन बुझाउने भएको हो ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि भने अनुसन्धान नहुने भएको छ । सिआइबीले सो प्रकरणमा संलग्न दुई पूर्व प्रधानमन्त्री बाहेकको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो ।

सीआइबीले उनीहरुलाई बयानका लागि बोलाउने तयारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा बयान रोकिएको हो । भट्टराई र नेपालको मन्त्रिपरिषद्बाट निर्णय गरेर ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने निर्णय भएकोमा उनीहरुमाथि थप अनुसन्धान नगर्ने निर्णयमा सिआइबी पुगेको हो ।

सर्वोच्च अदालतले समेत निर्णयकर्तामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन बाटो खुला गरिदिएकोमा सत्ता गठबन्धनको दबावमा पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्नबाट सीआइबी पछि हटेको हो ।

 


Thali Mobile Pvt.Ltd.