भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

दुई माइक्रो बस ठोकिँदा १२ जना घाइते

दुई माइक्रो बस ठोकिँदा १२ जना घाइते

तनहुँ । पृथ्वीराज मार्गमा अन्तरगर्त आँबुखैरेनी गाउँपालिका–४ स्थित साँखरमा माइक्रो बस एक आपसमा ठोकिँदा १२ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परि बा २ ख ४०२० नम्बरको माइक्रोमा सवार १२ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए ।

आँबुखैरेनी जाँदै गरेको बा २ ख ४०२० नं को माईक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५१७९ नम्बरको माईक्रो मङ्लगबार राती ९ः२० बजे एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । घाइतेहरू मध्ये चार जनाको उपचार आँबुखैरेनी अस्पतालमा भइरहेको छ भने बाँकी ८ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ खाँडले बताए ।

दुर्घटनामा परी तनहुँको ब्यास नगरपालिका–४ बस्ने वर्ष २५ का गणेश राई सख्त घाइते भएका छन् । यसै गरी कास्की पोखरा महानगरपालिका–२१ बस्ने वर्ष ४१ को विजय पौडेल, वर्ष ४५ को प्रेम ठकुरी, १९ वर्षीय रोशन ठकुरी, पोखरा महानगरपालिका–१४ बस्ने वर्ष ४४ को मनोज तामाङ, वर्ष ३६ की सबिता श्रेष्ठ तामाङ घाइते हुनु भएको छ ।

यसै गरी रौतहट जिल्लाको वृन्दावन नगरपालिका–७ बस्ने २६ की प्रमोद चौधरी र दोलखा दार्जे गाउँपालिका–२१ बस्ने १८ वर्षीय आइजन गुरुङ घाइते हुनु भएको । घाईत आठै जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

धादिङ नीलकण्ठ नगरपालिका–१ बस्ने वर्ष २४ को राजु गिरी, गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ बस्ने वर्ष ३६ को रामप्रसाद गुरुङ, तनहुँको व्यास नगरपालिका– ११ बस्ने वर्ष ४० को डिल्लीराम भुजेल, कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ बस्ने वर्ष ३८ की लेकाली गुरुङको आँबुखैरेनीमा उपचार भइरहेको छ । दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.