भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दुधको मूल्य समायोजन गर्दै सरकार, मूल्य बढ्ने संकेत

दुधको मूल्य समायोजन गर्दै सरकार, मूल्य बढ्ने संकेत

काठमाण्डौं । सरकारले दुधको मूल्य समायोजन प्रकृया थालेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सातवटै प्रदेशमा अध्ययन गरिसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

एक समिति बनाएर अध्ययन गरी त्यसका आधारमा प्रतिवेदन तयार पार्ने काम भैरहेको बोर्डका प्रमुख राजेन्द्र यादवले बताए । आइतबार प्रतिवेदन मन्त्रालयमा बुझाउने समितिले तयारी गरेको छ ।

मन्त्रालयले उक्त प्रतिवेदन अध्ययन गरी दुग्धको मूल्य निर्धारण गर्ने बताएको छ । दाना, चोकरलगायत दुध उत्पादनका बस्तुको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डको भनाइ छ ।

यस्तो अवस्थामा बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म बढाउनेगरी गृहकार्य थालेको बताइएको छ । २०७६ भदौमा दूधको मूल्य ६ रुपैयाँले बढेर प्रतिलिटर ७६ रुपैयाँ तय भएको थियो ।

यसपालि कच्चा दुधकै मूल्य निर्धारण हुने र त्यसका आधारमा प्रशोधित दुधको अर्को मूल्य निर्धारण गरिने सरोकारवालाको भनाइ छ । प्रदेश कृषि तथा पशुपन्छी मन्त्री एवं बोर्डका अध्यक्ष बसुन्धरा हुमागाईंको अध्यक्षतामा बसेको बोर्डको बैठकले मूल्य बढाउन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.