भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुबईमा १३ नेपाली अलपत्र

दुबईमा १३ नेपाली अलपत्र

दोहा । वैदेशिक रोजगारीका लागि यूएई पुगेका १३ नेपाली युवा अलपत्र परेका छन् । चार महिनाअघि दुबई पुगेका उनीहरु अलपत्र परेका हुन ।

अलपत्र पर्नेमा राजु सुनाम, सुदिप सारु मगर, कुवेर तामाङ, दिनेश सहनी, सजिर हुसेन, विजयनन्द यादव, धनबहादुर बयम्बु, रामचन्द्र बिक, दावा लामा, सुदर्शन बिकलगायत छन् । उनीहरुलाई एजेन्ट सुशील दोङ तामाङले दुबई पुर्‍याएको बताएका छन् ।

उनीहरूलाई पीएसबीडी सिक्युरिटी गार्डमा काम लगाईदिने र तलब पनि राम्रो हुने भन्दै टुरिस्ट भिसामा दुबई पुर्‍याइएको हो ।प्रतिव्यक्ति दुई लाखदेखि चार लाख तीस हजार रुपैयाँसम्म लिई भिजिट भिसामा दुबई लिएर अलपत्र पारेको सुदर्शन बिकले बताए ।

नेपाल फर्किन्छौँ भन्दा पनि पैसा फिर्ता नगरी बिचल्ली पारेको पीडित रामचन्द्र बिकले बताए । पीडितहरूले यूएईमा रहेको नेपाल एसोसिएसनलाई उद्धार गरी फसेको पैसा फिर्ता गराई पाउ भन्दै निवेदन दिएको बताएका छन् ।

एजेन्ट तामाङलाई सम्पर्कमा ल्याइ कानुनी दायरामा ल्याउन र आफूहरुलाई सकुशल नेपाल फर्किने वातावरण मिलाइदिन अबुधाबीस्थित नेपाली दूतावास, नेपाल सरकार, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

पीडितका  अनुसार तामाङले लिएको रुपयाँ ?
राजु सुनाम – दुई लाख
सुदिप सारु मगर – दुई लाख पचास हजार
कुवेर तामाङ् – दुई लाख
दिनेश सहनी – चार लाख
सजिर हुसेन – दुई लाख
विजयनन्द यादव – दुई लाख
धन बहादुर बयम्बु – दुई लाख सत्तरी हजार
रामचन्द्र बिक – चार लाख तीस हजार
दावा लामा – एक लाख
सुदर्शन बिक – चार लाख
पीडितका

 


Thali Mobile Pvt.Ltd.