महामारी अन्त्य भएको घोषणा गर्न डब्लुएचओले थाल्यो छलफल

महामारी अन्त्य भएको घोषणा गर्न डब्लुएचओले थाल्यो छलफल

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारी अन्त्यको घोषणा गर्ने विषयमा छलफल थालेको छ।

कोरोना महामारी सुरु भएको दुई वर्ष पूरा भएपनि अझै महामारीका लक्षणहरु कायमै रहेको र मृत्युदर पनि बढिरहेकाले यसको अन्त्यको घोषणा गर्न आवश्यक मापदण्डहरुबारे डब्लुएचओले छलफल गरिरहेको जनाएको छ ।

जनस्वास्थ्य विज्ञहरुले कोरोना संकटको अन्त्य कसरी र कहिले गर्ने भन्ने बारेमा छलफल थालेको जनाएका छन् । हङकङलगायतका मुलुकमा नयाँ केस देखा पर्न थालेपछि डब्लुएचोको योजनामा चुनौती थपिएको अधिकारीहरुले बताएका छन् ।

महामारी अन्त्यको घोषणा गरेपनि स्वास्थ्यका मापदण्डहरु भने सधैं पालना गर्नुपर्नेबारे भने अधिकारीहरु सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

पछिल्लो समय कोरोना संक्रमण दर ओरालो लाग्दै गएपछि अधिकांश मुलुकले डब्लुएचओको निर्देशन नआएपनि विभिन्न प्रतिवन्धहरु फुकुवा गरेर दैनिकी सहज बनाउँदै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.