दूधको मूल्य बढ्यो, प्रति लिटर ५६ रुपैया

दूधको मूल्य बढ्यो, प्रति लिटर ५६ रुपैया

काठमाडौं । सरकारले दूधको मुल्य ७ रुपैयाँ १४ पैसा बढाएको छ ।

न्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ रुपैया ४ पैसा कायम गरेको हो ।

कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसाँ थियो भने अहिले लिटरमा ६ रुपैयाँ ५२ पैसाले मूल्य बढाइएको हो ।

उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्ने बताइएको छ।

दूधको मूल्य फ्याट र एस.एन.एफ.को आधारमा गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.