भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देउवा र ओलीबीच गोप्य भेट, सरकारसंग सहकार्य गर्ने ओलीको मनसाय

देउवा र ओलीबीच गोप्य भेट, सरकारसंग सहकार्य गर्ने ओलीको मनसाय

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटका क्रममा ओलीले सरकारसँग सहकार्य गर्ने मनसाय व्यक्त गरेका छन् । देउवाले आवश्यक परेपछि मात्रै सरकारमा सहकार्य गर्ने विषयमा सोच्ने बताए ।

ओलीलाई भेट्न बालकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसी पास गराउन भूमिका खेल्न अनुरोध गरे । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि एमाले अध्यक्ष ओलीलाई भेट्न राति ९ बजेतिर पत्नी आरजु राणासहित देउवा बालकोट पुगेका थिए ।

प्रधानमन्त्री र ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भए पनि एमसीसी पास गर्ने विषयमा भएको छलफल बारे सार्वजनिक गरिएको छैन । ओलीसँगको भेटपछि आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.