काठमाडौँ । देशभर २ हजार ४४० संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने अहिले सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ ।
त्यस्तै एकैदिन १ हजार १३३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६५ हजार २०२ छ । अहिले नेपालमा २३ हजार ५०७ जनामा सक्रिय संक्रमण छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् ।
उपत्यकामा थपिए १ हजार ५३१ संक्रमित
काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ५३१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४८४ महिला र ६९४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भक्तपुरमा ४९ महिला र ५४ पुरुषसहित १०३ संक्रमित थपिएका छन् । ललितपुरमा ११४ महिला र १३६ पुरुषसहित २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
