भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

धनकुटाबाट ५० करोड बढीको काठ निर्यात

धनकुटाबाट ५० करोड बढीको काठ निर्यात

धनकुटा । धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ ( लकडी ) तराईका उद्योगका लागि निर्यात हुने गरेको छ । सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ । जिल्ला डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार वार्षिक २८ देखि ५७ करोडसम्मको काठ जिल्ला बाहिर निकासी हुने गरेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष जिल्लाबाट २८ लाख ८३ हजार नौ सय १८ क्युबिक फिट काठ निकासी भएको थियो । जसमा सरकारद्वारा व्यवस्थित वनबाट १५ हजार एक सय ८० र निजी तथा नम्बरी वनबाट २८ लाख ६८ हजार सात सय ३८ क्युबिक फिट काठ निकासी भएको छ । यहाँबाट काठ निकासी गर्दा व्यवसायीले काठको जातअनुसार प्रतिक्युबिक फिट रु एक सयदेखि दुई सयसम्मको दरले सरकारलाई कर तिर्ने गरेका छन् । जिल्लाबाट गत वर्ष काठ निर्यातबाट रु आठ करोड ३१ हजार सात सय १० कर उठेको थियो ।

चालु आर्थिक वर्ष २०७९ / ०८० को तीन महिनामा जिल्लाबाट निजी वनबाट मात्र १० लाख ८५ हजार दुई सय २४ क्यूबिक फिट काठ निकासी भएको छ । तीन महिनामा रु २ करोड ९२ लाख ९३ हजार कर उठेको वन कार्यालयका सहायक वन अधिकृत उत्सव थापाले जानकारी दिनुभयो । एक डिभिजन र छवटा सव डिभिजन रहेको जिल्लाबाट सबैभन्दा बढी उत्तिस जातको काठ निर्यात हुनेगरेको कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.