भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धानबालीमा लाग्ने रोग किरा व्यवस्थापन गर्न किसानहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने नगरपालिकाको उद्देश्य

धानबालीमा लाग्ने रोग किरा व्यवस्थापन गर्न किसानहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने नगरपालिकाको उद्देश्य

भक्तपुर । भक्तपुर नगरपालिकको मेयर सुनिल प्रजापतिले धानबालीमा लाग्ने रोग किरा नियन्त्रणको विषयमा वडा वडामै प्रशिक्षणहरु सञ्चालन गरी किसानहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने नगरपालिकाको उद्देश्य रहेको बताएका छन् । भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्रका किसानहरुबीच धानबालीमा लाग्ने रोग किरा व्यवस्थापन तथा समसामयिक विषयमा मंगलबार भएको कृषकहरुको भेलालाई सम्बोधन गर्दै मेयर प्रजापतिले उक्त कुरा बताएका हुन ।

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले किसानसँग जोडिएका कुनै काम गर्न नसकेको बताउदै उनले नार्कका कृषि वैज्ञानिकहरुलाई नयाँ नयाँ अनुसन्धानमा क्रियाशील बनाउनुपर्ने र कृषि प्राविधिकहरु उत्पादन गर्नेतर्फ सरकारले जोड दिनुपर्ने तर्क गरे । भक्तपुर नपाले माटो परीक्षण गर्ने प्रयोगशाला निर्माणमा जोड दिने बताउँदै नेपाललाई आत्मनिर्भर बनाउन कृषि अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने आजको आवश्यकता रहेको उनको भनाई थियो ।

गण्डक सम्झौताको कारण तराईका किसानहरुले समयमै धान रोप्न नसकेको यथार्थ बताउँदै यसले नेपालमा खाद्यान्न उत्पादनमा कमी ल्याउनुका साथै विदेशबाट धेरै मात्रामा खाद्यान्न आयात गर्नुपर्ने अवस्था सिर्जना हुनेतर्फ सबै सजग हुनुपर्ने उनले बताए ।

भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले किसानहरुलाई रोग नियन्त्रणका उपायहरुबारे सजग बनाए खाद्यान्न उत्पादनमा समेत वृद्धि हुने भएकोले नगरपालिकाले यस किसिमको कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिए । नेक्राकिसंघका उपाध्यक्ष गोविन्द दुवालले नेपालले कृषि प्राविधिकहरुको उत्पादनमा जोड दिनुपर्ने बताउँदै धानबालीमा लाग्ने रोगहरुबारे किसानहरु समयमै सचेत भए भविष्यमा हुने नोक्सानीबाट जोगिने बताए ।

 


Thali Mobile Pvt.Ltd.