भर्खरै : Sorry, your browser does not support inline SVG.
२४ घण्टामा १ हजार ९९४ चालक कारबाहीमा, ट्राफिक नियम उल्लंघन तीव्र | लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ | पश्चिम नेपालमा वर्षा जारी रहने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना | अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा | दुई सुरुङमार्ग अन्तिम चरणमा स् थप सुरुङमार्ग बजेटको उच्च प्राथमिकतामा | ५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट, उपभोक्तालाई थप आर्थिक भार पर्ने चिन्ता | रेड नोटिसमा खोजिएकी टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ, नेपाल ल्याइयो | विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा |

नक्कली शरणार्थी प्रकरणका दोषीरुलाई राजदोहको मुद्दा खोई लगाएको ?

नक्कली शरणार्थी प्रकरणका दोषीरुलाई राजदोहको मुद्दा खोई लगाएको ?

काठमाण्डौ । प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम ठगी गरेको अभियोगमा पक्राउ परेकाहरूको बयान सकेपछि सोमवार अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । आइतवार नै प्रतिवेदन बुझाउने भने पनि प्राविधिक कारणले सोमबार जिल्ला प्रहरीले परिसर काठमाण्डौले बुझाउने जनाएको हो ।

प्रहरीले आरोपितलाई बयान लिएर चार वटा अभियोगमा मुद्दा दायर गर्ने गरी प्रतिवेदन तयार पारेको छ । उनीहरूविरुद्ध ठगी, राज्यविरुद्धको अपराध, सरकारी दस्तखत किर्ते, सङ्गठित अपराधको अभियोगमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा प्रतिवेदन बुझाउने प्रहरीले जनाएको छ । अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोगपत्र तयार पार्न सरकारी वकिलको कार्यालयले आठ सदस्यीय कार्यदल बनाइसकेको छ । कार्यदल गठनसँगै प्रहरीले आइतबार नै अनुसन्धानको आंशिक प्रतिवेदन पेस गरिसकेको छ ।

सोमबार मूल प्रतिवेदन बुझाउन लागिएको हो । नक्कली शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, सन्दीप रायमाझीसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यक्ति भने फरार छन् । आरोपितविरुद्ध मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, प्रमाण नष्ट, सार्वजनिक पदको दुरुपयोग, भ्रष्टाचारलगायत अरू कसुर पनि आकर्षित हुने देखिएको छ । तर अहिले चार वटा कसुरमा मुद्दा चलाउने रायसहित प्रहरीले प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

 

 


Thali Mobile Pvt.Ltd.