भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल भारत सीमा विवाद चुलिएको छ । उसले सार्वजनिक गरेको पछिल्लो नक्सामा कालीनदीलाई भारतको भूभागभित्र देखाइएको छ । भारत(चीन युद्धका बेला नेपाली भूमिमा टेकेका भारतीय सेनाले नेपालको ३१० वर्गकिलोमिटर भूभाग अतिक्रमण गरेको जनाइएको छ ।
त्यसपछि भारतले थप ६२ वर्गकिलोमिटर अझै नेपालको भूभाग अतिक्रमित भइसकेको जानकारहरूले बताइरहेका छन् । नेपालले आफ्नो गुमेको ३७२ वर्गकिलोमिटर भूभाग वास्तविक नक्सा कायम हुँदा फिर्ता पाउँछ । भने नेपालले कालापानीसम्मको भागलाई मात्रै आफ्नो नक्सामा राखेको जनाइएको छ ।
सुगौली सन्धिलगत्तै नाप नक्सा गरेर सीमास्तम्भ गाड्ने काम भएन ।
जसले गर्दा दुई सय वर्षयता सीमामा केही न केही किचलो भइरहेको देखिन्छ । २००७ सालको राजनीतिक परिवर्तनपछि नेपालको पश्चिम उत्तरतर्फ भारतीय सेनालाई बस्न दिनु पनि भूमिअतिक्रमणको अर्को कारण रहेको जानकारहरू बताउँछन् । उनीहरूका अनुसार स्तम्भ गाडेको भए नदी जता बगे पनि विवाद नहुने देखिएको छ ।
नेपालको नक्सा तयार पार्दा नापी विभागले नै पर्याप्त ध्यान दिन नसकेको जानकारहरुको भनाई छ । कालीनदी वारिका नावी, गुन्जी र गब्र्याङ गाउँलाई नेपालले नै आफ्नो नक्सामा नसमेटेको देखिन्छ । वि.स. २०१८ सालमा नेपाली गणकहरूले नै पुगेर लगत संकलन गरेको तथ्य समेत रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...