भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

नगरकोटमा सडक महोत्सव, अवलोकनमा लाखौं आउँने दावी

नगरकोटमा सडक महोत्सव, अवलोकनमा लाखौं आउँने दावी

काठमाण्डौं । नेपालको प्रमुख एक पर्यटकीय नगरी भक्तपुरको नगरकोटमा सडक महोत्सव हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी कार्तिक २३, २४ र २५ गतेसम्म तीन दिन नगरकोट सडक महोत्सव गर्न लागिएको हो ।

प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकासमा नगरकोटको उन्नति भन्ने नाराका साथ महोत्सव हुन लागेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले बताए ।

नगरकोटको पर्यटन प्रवर्द्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हब बनाउन सडक महोत्सव ले विशेष भूमिका खेल्ने समितिका सचिव प्रदीप अधिकारीले बताए ।

स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवं संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरी नगरकोटको विकासमा योगदान पुर्याउन महोत्स सफल हुने आयोजक रोहित मोक्तानले बताए ।

नगरकोट भ्रमण वर्ष २०८२ मा राष्ट्रिय, स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकार, कृषि मेला, चङ्गा चेट, मुहार चित्रकारितालगायतका विभिन्न सामग्रीहरू प्रदर्शन रहने चाँगुनारायण नगरपालिका वडा नम्बर–६ का वडाअध्यक्ष धनबहादुर लामाले बताए ।

नगरकोटको महामञ्जुश्री चोकमा हुने महोत्सवको संचार सहयोगिमा कैलाश खबर टेलिभिजन, सगरमाथा टेलिभिजन, शिखर एफ.एम, नगरकोट न्युज रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.