भर्खरै : Sorry, your browser does not support inline SVG.

रानीकोट अवलोकनपछि पर्यटनमन्त्री किरातीले भने, ‘यसको संरक्षमा सहयोग गर्छु’

रानीकोट अवलोकनपछि पर्यटनमन्त्री किरातीले भने, ‘यसको संरक्षमा सहयोग गर्छु’

भक्तपुर । पर्यटकीय दृष्टिकोणले नेपालकै पहिचान बोक्ने रानीकोटमा अपार सुन्दरता रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं. ७, ८ पनौती काभ्रे र ललितपुरको महालक्ष्मी क्षेत्रको शिरानमा रहेको यो क्षेत्रमा पर्यटकीय सम्भावना धेरै भएकाले पयटनको गन्तव्य रानीकोट क्षेत्र बनाउन पहल गर्ने बताए । रानीकोटको अवलोकन पछि मन्त्री किरातीले यहाँका पर्यटन व्यवसायीसंग छलफलसमेत गरे ।

लिक्ष्वी कालिन ऐतिहासिक महत्वका गडी दरबार यस क्षेत्र पर्नु आफैमा रानीकोट इतिहास भएको बताए । रानीकोट दरबारको पुन उत्खनन्, संरक्षण गरेर पर्यटकीय गन्तव्यका लागि आवश्यक संरचनाको निर्माणमा ध्यान दिन स्सरोकारवालाई आग्रह गरे ।

आफुले पनि थप अध्यन गरेर पर्यटनमा गर्न सकिने जति गर्नेमा विश्वस्त पारे । रानीकोटमा अवस्थित अर्को पर्यटकीय स्थल बाघ भैरव मन्दिर र यसका विशेषताका बारेमा चाँसो लिएका मन्त्रीले छिटै केही नयाँ गरेर जाने बताए ।

यसैबीच मन्त्री किरातसँगसंगै रानीकोट पुगेका लुम्बिनी विकास कोषको उपाध्यक्ष बौद्ध धर्म गुरु डा. ल्हारक्याल लामाले रानीकोटको मौलिक्ता नविग्रने गरी रानीकोट दरबार बनाउन स्थानीयलाई आग्रह गरे । त्यसका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

बाघ भैरव मन्दिर क्षेत्र पुगेर यसको थप विकासका हातेमालो गर्ने बताए । उपत्यकाका मनोरम दृश्यमात्रै होइन यहाँबाट लहरै आठ वटा हिमालका सुन्दर प्राकृतिक दृश्य देख्दा लोभिएको भन्दै पर्यटकका लागि आकर्षक गन्तव्य रहेको बताए । ऐतिहासिक क्षेत्रको विकासमा सबैले जोड दिनु पर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.