नगरवासीलाई ढोरपाटन नगरप्रमुखको व्यक्तिगत सहयोग

नगरवासीलाई ढोरपाटन नगरप्रमुखको व्यक्तिगत सहयोग image

बागलुङ । नगरवासीकाे हितमा व्यक्तिगत रूपमा लाखौं रुपैयाँ सहयोग, शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गरेकाे समाचारले चर्चा बटुलेका ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले यतिबेला काेराेना भाइरसकाे संक्रमण राेक्नका लागि गरेकाे प्रयास र गरीव, असाहय विपन्नलाइ राहत वितरणले झन चर्चामा छाएका छन् ।

समस्यामा परेका समुदाय, शिक्षा र स्वास्थ्यको समस्या भोगेका व्यक्तिलाई सहयोग, सार्वजनिक कार्यक्रमलगायतका धेरै कार्यमा सहयाेग गरिरहेका उनले राज्यबाट दिइएकाे तलबभत्ता समेत नलिएर उदाहरणीय काम गरिरहेका छन् । ‘अाम परिवर्तन गरेर देखाउँने’ अठोट भएका देवकुमार नेपाली दलित समुदायबाट मेयर जित्ने पहिलाे र उदाहरणीय मेयर हुन् ।

आफ्नै खर्चमा ४६१ परिवारलाई जस्तापाता उपलब्ध, बुर्तिवाङस्थित निसीभुजी जनता क्याम्पसलाई २१ लाख सहयोग, शून्य दरबन्दीमा सञ्चालन भएका विद्यालयमा ७० जना शिक्षकलाइ व्यक्तिगत खर्चमा प्राथमिक तहको सरकारी शिक्षक बराबर तलब उपलब्ध समेत गराएका छन् ।

आर्थिक अवस्था कमजोर भएका, दलित, अपाङ्ग र एकल महिला, ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, शारिरीक रुपमा अपांग र जटिलखालका विरामीहरुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेर जनताकाे सेवामा समर्पित मेयर नेपालीले २५ जना विपन्नकाे घर समेत निर्माण गरिदिएका छन् । आफ्नो व्यक्तिगत खर्चमा निःशुल्क यातायात सेवा प्रदान र राज्यबाट प्राप्त सेवा सुविधासमेत नलिएर जनताको सेवामा लागेका मेयर यतीबेला बागलुङवासीकाे ढुकढुकी बनेका छन् ।

 ९ लाख ६५ हजार घर भाडा मिनाह

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र उनकी धर्मपत्नी छेलाले काठमाडौं, पोखरा, बागलुङ, बुर्तिबाङका आफ्ना घरमा भाडामा बस्नेहरूबाट एक महिनाका लागि घरभाडा मिनाह गरेकाे घोषणा गरेका छन् । कैलाश खबरसंग कुरा गर्दै मेयर नेपालीले घर भाडा मिनाह गरेको भन्दै घरबाट मासिक आउने ९ लाख ५६ हजार रुपैयाँ मिनाह गरेको बताए ।

नेपाली दम्पतीले भनेका छन्, ‘नोभेल कोरोना भाईरस (कोभिड–१९) ले गर्दा उद्योगीरव्यवसायीहरुले व्यापार गर्न नपाएको अवस्था छ । त्यसैगरी घर भाडामा बस्नेहरुले पनि केही काम गर्न नपाएको अवस्था छ । यो अवस्थामा उनिहरुका लागि थोरै भएपनि सहयोग गर्ने उद्धेश्यले म ढोरपाटन नगरपालिका नगर प्रमुख देव कुमार नेपाली र मेरो धर्मपत्नी छेला नेपालीको नाममा काठमाण्डौ, पोखरा र बागलुङको ढोरपाटन नगरपालिकामा रहेका घरहरुमा आफ्नो व्यवसाय सञ्चालन गरेका र घरभडामा बस्नेहरुका लागि तपशिल अनुसार १ महिनाको घरभाडा छुट दिने घोषणा गरेको छाैं ।’

घरभाडा विवरण
काठमाण्डौ महानगरपालिका वडा नं. ४ सुकेधारा
सानिमा बैंक                                           – ७०,०००।
अलकर्नेस मेनपावर                                – ६५,०००।
आर.वि.फ्लोरीङ्ग एण्ड फर्न्सििङ प्रा.लि. – ७५,०००।
अर्जुन ईन्टर प्राईजेज (बजाज स्वरुम)    – ७५,०००।
भुषण रत्न ज्वयलर्स                                – ४५,०००।
सुखद प्रभात सहकारी                             – ५०,०००।
सविन के.सी                                           – १५,०००।
एस्टर फर्मा स्यूटीकल्स                          – ५०,०००।
विजय राई                                             – २५,०००।
मिन बहादुर तामाङ                                – १५,०००।

पोखरा महानगरपालिका
प्रमोद शाह – (पृथ्वीचोक)                    – १,००,०००।
टेस्टवाई सपिङ सेन्टर (सृजनाचोक)      – ६०,०००।
दिपक पौडेल (सृजनाचोक)                    – ६०,०००।
विजय बोगटी (सृजनाचोक)                   – ६०,०००।
शेर बहादुर गुरुङ (रत्नचोक)                    – ३०,०००।
हरीमायाँ फगामी (रत्नचोक)                   – १५,०००।
कमला खड्का (रत्नचोक)                       – १५,०००।
शिला घर्ति मगर (रत्नचोक)                   – ३०,०००।
याङ्गजेङ्ग (हेम्जा)                              – ३०,०००।

ढोरपाटन नगरपालिका, बुर्तिबाङ
झक बहादुर शाही                                  – ५०,०००।
ईमेज सहकारी                                       – ३०,०००।
(यो संकटको घडीमा हामीले मानवियताका हिसाबले एकअर्कालाई सक्दो सहयोग गर्न सक्नुपर्छ ।)

यतीबेलाकाे चर्चा
नागरिकलाइ काेराेना भाइरस (काेभिड -१९) काे संक्रमणबाट बचाउन सरकारले लकडाउन गरेकाे छ । लकडाउनमा नागरिकमा सास्ती त भएकाे पक्कै छ, तर काेराेनाबाट बचाउन राज्यले थालेकाे कदम सही छ भन्दै मेयर देब कुमार नेपालीले सामाजिक सञ्जालमा यसरी पाेष्ट गरेका छन् ।

मेयरकाे पाेष्ट
यतिवेला देशका नागरिकहरु ‘लकडाउन’ अर्थात घरभित्रै बसेर कोरोना भाइरस विरुद्ध लडिरहेका छन् । लकडाउनले हजारौं मान्छेको ज्यान जोगाउँन सघाएको छ । तर लकडाउनको प्रत्यक्ष प्रभाव, ज्याला–मजदुरी गरेर पेट पाल्ने, आजै कमाउने र आजै खाने खालका गरिव, मजदुर बर्ग तथा सहारा विहिन बृद्धबृद्धाहरुको चुलोमा देखा परेको छ ।

कोरोना प्रभावले गरिब तथा विपन्न परिवारको दैनिकीलाई खल्बल्याएको छ । विहान बेलुकी कसरी छाक टार्ने भन्ने उनिहरुमा चिन्ता छ । यस्तो विषम परिस्थीतीलाई मध्यनजर गरी उनिहरुलाई थोरै मात्र भएपनि सहयोग पु¥याउने उद्धेश्यले म ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली र मेरो धर्मपत्नी छेला नेपालीले ढोरपाटन नगर स्तरमा रहेका अति गरिव तथा विपन्न १ सय ७ घरपरिवार मध्य आज आफ्नै निवासबाट ६८ घरपरिवारलाई खाद्यन्न सामाग्र्री उपलब्ध गराएका छौँ ।

बाँकी रहेका ३९ घरपरिवारलाई गाउँ गाउँमै पुगेर उपलव्ध गराउने भएका छौँ । उनिहरुलाई प्रति घरपरिवार जिरा स्टीम चामल १ बोरा, दाल २ के.जी., चिनी १ के.जी, खाने तेल १ पोका, नुन १ के.जी, वाईवाई चाउचाउ ५ प्याकेट र स्वायविन (तरकारी) १ पोका उपलव्ध गराएको कुरा सबैमा जानकारी गराउँदछु ।

#नगरपालिकामा रहेका अति गरिब तथा विपन्न परिवारको विवरण यस प्रकार छ ।
वडा नं. १
भिम बहादुर गिरी, दिल कुमारी घर्ति, खिम कुमारी पौडेल, सुनिता पौडेल, गर्वे बि.क., खुन्तुस दमिनी, युवराज कँडेल, नरेशचन्द्र खरेल, बल बहादुर वि.क., चिन्तामणी सुनार, हेम प्रसाद सुनार, रुपकला वि.क., ससि गिरी, रुमी गिरी, सुर्यकुमारी अर्गेजा, कमला वि.क., थम कुमारी रोका, टेक बहादुर वि.क., किसान वि.क

वडा नं. २
लिल बहादुर सार्की, सिमा खत्री, धन बहादुर खत्री, पुर्ण बहादुर कुमाल, रुद्र बहादुर पुन, होमलाल जैसी, किसान गुरुङ, बल बहादुर वि.क., फुलमती वि.क., लाल बहादुर वि.क., विर बहादुर खत्री, जगविर तिरुवा, हिमा कुमाल

वडा नं. ३
राज कुमारी दमाई, विर बहादुर श्रीपाली, पञ्च बहादुर छन्त्याल, धन कुमारी वि.क., दल बहादुर नेपाली, शिवदेउ वि.क., हरीकला कुँवर, तलसी कँडेल, देवे दमाई, दुर्गा बहादुर घर्ति, डोर बहादुर कुँवर, मन प्रसाद नेपाली

वडा नंं. ४
दण्ड प्रसाद वि.क. (फलामखानी), लाल बहादुर वि.क. (फलामखानी), दुर्गी (नन्दकली) वि.क. (फलामखानी), तुल बहादुर वि.क. (फलामखानी), खिरमती वि.क. (धिरी), कुम बहादुर घर्ति मगर (छोरेगाउँ), हेमलाल घर्ति मगर (विटालु), (छोरेगाउँ), नेत्रलाल वि.क. (नयाँगाउँ), सन्त बहादुर अर्गेजा (फोकाधारा), मनोज वि.क. (खुंगा), झक बहादुर वि.क. (खुंगा), रविलाल दमाई (हुन्द), धन कुमारी सार्की (हुन्द)

वडा नं. ५
पुर्णे तिरुवा, मतिलाल दमाई, अर्जुन दमाई, रुपी पुन, करमती पुन, भगवती घर्ति, गोमे कामी, सेर बहादुर वि.क., मंसीरा वि.क., विष्णु सुनार

वडा नं. ६
जुन बहादुर वि.क., टोपलाल वि.क., ईन्द्र वि.क., विरेन्द्र नेपाली, खडकमला भण्डारी, गौमती पुन, प्रेम कुमारी बुढा, रवि वि.क., गंग बहादुर थम्का, दिलभुजा वि.क.

वडा नं. ७
धन बहादुुर बुढा, जित बहादुर कायत, राम बहादुर वि.क., चेप्टे वि.क., ईन्द्रकला थापा, नर बहादुर कामी, खिम बहादुर पुन, शान्ती वि.क., केअरसिंह पुन

वडा नं. ८
रैमता सुनार, दल बहादुर सुनार, बागमती वि.क., थम कुमारी वि.क., तिर्थमला वि.क., पुर्णमला वि.क., स बहादुर सुनार, झवे कामी, मन कुमारी घर्ति, पुर्ण बहादुर घर्ति चप्के, लालमायाँ वि.क.

वडा नं. ९
नर बहादुर वि.क., सुर्य वि.क., खेरी वि.क., विरे वि.क., चक्र बहादुर वि.क., फिस्टी वि.क., भदौरी वि.क., पुणीकला पुन, टिका पुन, गामती वि.क., डल्ली परियार

तपाईँ हाम्रो वरपर ज्याला–मजदुरी गरेर पेट पाल्ने जग्गाजमिन र घरबारविहीनहरुको संख्या धेरै छ । उनिहरुलाई मजदुरी गरेर गुजारा चलाउनुको विकल्प छैन् । हुनेखाने परिवारमा यसको प्रभाव देखिएको छ भने हुँदा खानेहरुको अवस्था कस्तो होला ? हामी आफै मुल्याङ्कन गर्न सक्छौँ । त्यसैले आ–आफ्नो ठाउँबाट उनिहरुको सहयोगमा जुट्न पनि सबैमा अनुरोध गर्दछु । साथै ढोरपाटन नगरपालिकाले आफ्ना जनताहरुलाई उचित उपचारको चाँजोपाँजो मिलाउनुका साथै उनिहरुलाई राहतको लागि हामी निरन्तर प्रयासरत छौँ ।

तस्वीरमा 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’ image

    भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’

    भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत...

  • फेडोले गर्याे नवनिर्वाचित पत्रकारहरूलाई  सम्मान image

    फेडोले गर्याे नवनिर्वाचित पत्रकारहरूलाई सम्मान

    काठमाडौं । दलित महिला संघ (फेडो)ले दलित समुदायका मुद्दालाई आम संचारको माध्यमबाट उजागर गरी समाज रुपान्त्रणमा महत्वपूर्ण भूमिकासहितको पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गरेको छ । फेडोले आज भव्य कार्यक्रमको...

  • पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत image

    पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

    बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको...

  • डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु image

    डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु

    अछाम । डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता...


hotelghyampedanda