भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

नगर क्षेत्रका सडक डुबानमा, हिलो सडकमा हिँडन बाध्य नगरवासी

नगर क्षेत्रका सडक डुबानमा, हिलो सडकमा हिँडन बाध्य नगरवासी

राजविराज । ढल निकासको उचित व्यवस्था नभएका कारण सामान्य झरी परेको बेलामा पनि सप्तरीको राजविराज नगरपालिका क्षेत्रका सडक डुबानमा पर्ने गरेका छन् । सडक डुबानका कारण नगरवासीलाई आवतजावत गर्न समस्या हुने गरेको छ । राजविराज नगरपालिकाको विकास कार्यले गति लिन नसक्दासमेत यहाँका सडक वर्षायाममा डुबान हुने गरेको पाइन्छ ।

मुलुककै पहिलो टाउन प्लानिङ सहरका रुपमा रहेका राजविराज नगरपालिका भारतको गुलाबी नगरले चिनिएको जयपुरको नक्सामा आधारित भएर यसको विकास गर्ने लक्ष्य लिएको थियो । विसं २०१६ मा घोषणा भएको राजविराज नगरपालिका विगत दुई–तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण जलमग्न छन् ।

नगर प्रवेश गर्ने रुपनी सडक, कञ्चनपुर सडक, छिन्नमस्ता सखडा जाने सडक, हनुमाननगर सडक, सिरहा सडकलगायत अधिकांश भित्री सडकका विभिन्न ठाउँमा सानो–सानो खाल्डो भएको ठाउँमा पानी जमेका छन् । सडकमा रहेका त्यस्ता खाल्डाखुल्डीले गर्दा सडक हुँदै बग्ने पानीले पनि साना–ठूला सवारी साधान मात्र होइन, पैदल हिँड्ने मानिसलाई समेत सकस भएको छ ।

पानी निकासका लागि ढलको उचित व्यवस्थापन हुन नसक्दा सडकमा रहेका ठूलाठूला खाल्डामा पानी जमेर सवारी साधन गुड्न निकै समस्या हुने गरेको गाडी चालक बताउँछन् । मुख्य बजार क्षेत्रकै सडक पनि जीर्ण भएका कारण दर्जनौँ खाल्डा रहेका छन् । लगातारको वर्षाले नगरका सबै सडकमा पानी जमेको छ भने सडक हिलाम्मेसमेत बनेका कारण पैदल आवतजावत गर्दा हातमा चप्पल तथा जुत्ता बोक्नुपर्ने बाध्यता रहेको पैदल यात्रीले गुनासो गरेका छन् ।

राजविराजको पानीट्याङ्की सडकदेखि राममन्दिरसम्म समान्य वर्षामा पनि पूरै सडक हिलाम्मे हुने गरेका छन् । फलस्वरुप सवारी साधन र सर्वसाधारण मानिसलाई हिडनसमेत सास्ती भग्नुपर्ने बाध्यता रहेको राजविराजका श्रवण दासले बताए । एकातिर सडकमा जताततै खाल्डाखुल्डी अर्कोतिर जमेको पानी निकासको व्यवस्था नहुँदा आवागमनमा समेत निकै समस्या हुने गरेको पाइएको छ ।

नाला निर्माण भइरहेका ठाउँमा पनि पानीको निकास नहुँदा नगरवासी थप समस्यामा परेको बताइएको छ । जथाभावी फालिएको फोहरको उचित व्यवस्थापन हुन नसक्दा अहिले सडकमा जमेको पानीमा ती फोहर मिसिएर फैलिँदा रोग समेत फैलिन सक्ने सम्भावना बढेको राजविराज नगरपालिका–३ का बिन्दु चौधरीले बताइ्न ।

नगरपालिकाको विकास कार्य कछुवा गतिमा भइरहेको हुँदा अहिले फोहरका कारण नालाहरु समेत पुरिएको अवस्थामा रहेको स्थानीयवासीको भनाइ छ । शहर अव्यवस्थित हुदा सुख्खायाममा धुलो र वर्षायाममा पानी र हिलाम्मे हुने गरेका कारण नगरवासीलाई सास्ती व्यहोर्नु परेको छ । सडक दुरावस्थाबारे जनप्रतिनिधि, सडक विभाग र ठेकेदार सबै चुप लागेर बस्दा नगरवासी सास्ती खेप्न बाध्य छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.