भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नयाँ जातको उखुखेतीतर्फ आकर्षण

नयाँ जातको उखुखेतीतर्फ आकर्षण

रौतहट ।  अघिल्लो आर्थिक वर्षसम्म रौतहटका किसानले परम्परागतरुपमा उखुखेती गरे पनि यसले परिश्रमअनुसारको प्रतिफल दिन नसक्दा यसपालिदेखि यहाँका किसानले पहिलोपटक कोजा ८५, सिओजिरो २३८ र २३९ जातका नयाँ उखुखेती गर्नेतर्फ आकर्षित भएका छन् । रौतहटको पश्चिमी भेगमा रहेका कटहरिया, फतुवा, विजयपुर र गुजरा नगरपालिकाका किसान बढी उत्पादन लिन यस वर्षदेखि नयाँ जातका उखुखेती गर्न थालेको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।

थोरै मिहिनेत तथा कम लगानीमा बढी उत्पादन दिने सो जातका उखु लगाउँदा दोब्बर उत्पादन हुने भएपछि यहाँका किसान उक्त प्रजातिका उखुखेती गर्न थालेको उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोक यादवले बताउनुभयो । उक्त जातका उखु लगाउँदा प्रतिकट्ठा ६० क्विन्टलसम्म उखु उत्पादन हुने भएपछि यहाँका किसान कोजा ८५ जातको उखुखेती गर्न थालेका हुन् । भारतको पञ्जाबबाट कोजा ८५ जातको उखुको बीउ ल्याएर यहाँका किसानले पहिलोपटक उखुखेती गर्न थालेको किसान विजय पण्डितको भनाइ छ ।

यसैगरी भारतबाटै ल्याइएको सिओजिरो ३३८ र २३९ जातका उखुखेती अन्य किसानले पनि गर्न थालेका छन् । सिओजिरो ३३८ र २३९ जातका उखुप्रति कट्ठा ५० देखि ६० क्विन्टलसम्म उत्पादन हुने गरेको विज्ञहरुको भनाइ छ । रौतहटमा यस वर्षदेखि कोजा ८५ जातको उखु छ बिघा क्षेत्रफलमा र सिआजिरो २३८ र २३९ जातको उखु चार बिघा क्षेत्रफलमा लगाइएको बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज डुमरियाका सञ्चालक बैजु बाबराले राससलाई बताउनुभयो ।

अन्य जातका उखुको खेती गर्दा किसानलाई बढी लागत लाग्ने र प्रतिफलसमेत आउन नसक्ने भएकाले किसाले बढी उत्पादन दिने उखुखेती गरेका छन् । उक्त नयाँ जातका उखुखेती गर्दा एक बिघामा रु एक लाखमात्र खर्च हुने तर प्रतिबिघा सात लाख १२ हजार क्विन्टल उखु उत्पादन हुने भएकाले यस वर्षदेखि किसानले नयाँ जातको उखुखेती गर्न थालेको बताइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.