भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नाइजेरियामा २ सय बढी सर्वसाधारणको हत्या

नाइजेरियामा २ सय बढी सर्वसाधारणको हत्या

काठमाडौं । नाइजेरियामा बन्दुकधारीहरुले नाइजेरियामा थप दुई सय भन्दा बढीको हत्या गरेको छ । मोटर साइकलमा आएका करीब तीन सय बन्दुकधारीहरुले १० वटा गाउँमा एकै साथ आक्रमण गरेर सर्वसाधारणको हत्या गरेका हुन । नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक लुटेरा समूहले सर्वसाधारणलाई दुःख दिने गरेका छन् भने उनीहरुको सामना गर्न सरकारी सुरक्षाकर्मीहरु असफल हुदै आएका छन् ।

सरकारले यस्ता समूहहरुलाई आतङ्ककारी घोषणा गरे पनि तिनीहरुलाई परास्त गर्न सकेको छैन । दुई वटा प्रतिद्वन्दी लडाकु समूहमा आवद्ध लुटेराहरुले गाउँलेहरुको अन्धाधुन्द हत्या गर्नुका साथै घर घरमा पसेर लूटपाट मच्चाएको जनाइएको छ । आक्रमणकारीहरुले हत्यापछि सामूहिक रुपमा शव गाडेर हिंडेको र केही शवहरु सरकारी सेनाले गाडेको अन्तर्राष्ट्रिय समाचार एजेञ्सी रोयटर्सले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.