नाइट क्लबमा आगो लाग्दा १३ जनाको मृत्यु

नाइट क्लबमा आगो लाग्दा १३ जनाको मृत्यु image

मुर्खिया । दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ भने १४ जना सम्पर्कविहीन भएका छन् ।

ला फोन्डा नामको नाइट क्लबमा आगो लागेको थियो । त्यतिबेला नाइट क्लबमा भीडभाड थियो । आगो वरपरका अरु क्लबमा पनि फैलिएको थियो ।

त्यसैले अधिकारीहरुले आगलागीमा परी मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाएका छन् । सामाजिक सन्जालमा सेयर गरिएको भिडियोमा गाढा कालो धुवाँ निस्किरहेको देखिन्छ ।

आगलागीको कारण भने खुलेको छैन । आपतकालीन सेवाका कर्मचारीहरु उद्धार तथा खोजमा खटिएका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon