भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

नाकाबाट नेपाल प्रवेशमा कडाइ

नाकाबाट नेपाल प्रवेशमा कडाइ

रुपन्देही । कोभिड–१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाइएको छ । चेकजाँचमा कडाई भएपछि बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पातलिएको छ । बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई कोरोना संक्रमण पाइएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने, ‘अहिले सीमानाका खटिएका कर्मचारीले स्वास्थ्य जाँच गरेर मात्रै नेपाल प्रवेशको अनुमति दिन्छन्, स्वास्थ्य जाँचबिना गन्तव्यमा पुग्न रोक लगाइएको छ ।’ भारतबाट नेपाल भ्रमणका लागि आउने पर्यटकलाई समेत सुरक्षाकर्मीले बेलहिया नाकामा रोक्ने गरेका छन् ।

झिन्टीगुन्टा बोकेर स्वदेश फर्किने नेपाली र बाह्य पर्यटकको नाकामा एन्टिजन विधिबाट कोरोना परीक्षण हुने गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले जानकारी दिए । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीब्र रुपमा फैलिन थालेपछि रुपन्देहीको बेलहिया नाकामा सतर्कताका साथै कडाई गरिएको हो ।

संक्रमणको नियन्त्रणका लागि नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका कर्मचारी खटिएका छन्। नाकामा एन्टिजन विधिबाट कोरोना परीक्षण हुने भए पनि स्थानीय सर्वसाधारणलाई नाकाबाट आवतजावतमा कुनै रोकावट गरिएको छैन ।

 


Thali Mobile Pvt.Ltd.