नाकामा एकीकृत सुरक्षा पोष्टको निर्माण गरिने

नाकामा एकीकृत सुरक्षा पोष्टको निर्माण गरिने

काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाएको छ ।

आन्तरिक सुरक्षालाई चुस्त बनाउन प्रदेशका नाकामा एकीकृत सुरक्षा पोष्ट निर्माणको काम अगाडि बढाइएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । कानूनमन्त्रीसमेत रहेका मुख्यमन्त्री पौडेलले यसबाहेक चालु आर्थिक वर्षमा नेपाल प्रहरीका लागि प्रदेशभर थप २१ वटा भवन बनाउने निर्णय गरिएको बताए ।

प्रदेश सरकारले यसअघि ४६ वटा प्रहरीचौकी भवन निर्माण प्रारम्भ गरी १७ वटाको निर्माण सम्पन्न गरिसकेको छ भने अन्यको यही असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । समाजमा शान्ति सुव्यवस्था कायम गर्ने प्रहरीको अवस्था दयनीय भएकाले अवस्था सुधारमा ध्यान दिइएको पौडेलको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.