भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्दै रवि

नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्दै रवि

काठमाडौं । अवैध नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद तथा सरकारबाट बहिर्गमन भएका रवि लामिछानेले आज नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्दै छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन निवेदन दिने राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतले जनाएको छ ।

अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा सांसद बनेका लामिछानेको नागरिकता अवैध ठहर भएपछि सांसदसँगै मन्त्री पद खारेज भएको थियो ।

लामिछानेको सांसद र मन्त्री पदसँगै पार्टी प्रमुखको पद पनि गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक सभापतिको जिम्मा डोलप्रसाद अर्यालले पाएका छन् ।

लामिछाने जितेको निर्वाचन क्षेत्र चितवन–२ मा उपनिर्वाचन हुने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.