भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्दै रवि

नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्दै रवि

काठमाडौं । अवैध नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद तथा सरकारबाट बहिर्गमन भएका रवि लामिछानेले आज नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्दै छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन निवेदन दिने राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतले जनाएको छ ।

अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा सांसद बनेका लामिछानेको नागरिकता अवैध ठहर भएपछि सांसदसँगै मन्त्री पद खारेज भएको थियो ।

लामिछानेको सांसद र मन्त्री पदसँगै पार्टी प्रमुखको पद पनि गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक सभापतिको जिम्मा डोलप्रसाद अर्यालले पाएका छन् ।

लामिछाने जितेको निर्वाचन क्षेत्र चितवन–२ मा उपनिर्वाचन हुने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.