भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

हत्याको १७ वर्षपछि आरोपी पक्राउ

हत्याको १७ वर्षपछि आरोपी पक्राउ

भादगाउँ । भक्तपुरको एक इँटा उद्योगमा भएको हत्याको घटनाका आरोपी १७ वर्षपछि पक्राउ परेका छन् ।चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका कृष्ण योगीको हत्याको आरोपमा दुई जना पक्राउ परेका हुन् । घटनामा संलग्न एक अझै फरार छन् ।पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं १ स्थायी घर भएका सुकमान भन्ने कान्छाराम तामाङ र सोही स्थान बस्ने बहादुर तामाङ रहेका छन् । कान्छाराम त्यसबेला इँटा उद्योगमा पानी पाले र बहादुर सोही उद्योगकै गाडी चालकको काम गर्दथे ।

घटना विवरणानुसार २०६२ माघ ३० गते बिहान तत्कालीन ताँथली गाविस–८ स्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा ४१ वर्षीय योगी रगत पक्ष भई अचेत अवस्थामा फेला परेको र उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा थप उपचारका लागि वीर अस्पताल सिफारिस गरियो । उपचारकै क्रममा योगीको वीर अस्पतालमा मृत्यु भएको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक योगीलाई सोही गणेश इँटा उद्योगका काम गर्ने सुकमान, बहादुर र देवेन्द्र भनिने देव थापाले कुटपिटपछि हत्या गरी घटनापश्चात् फरार भएको भन्ने खुल्न आएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।घटनामा संलग्नको यकीन ठेगाना खुल्न आएपछि प्रहरीले भक्तपुर जिल्ला अदालतको अनुमति लिई पक्राउ पुर्जीसहित प्रहरी वृत्त जगातिका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घटनामा मृत्यु भएका योगीका भाञ्जा ईश्वर बस्नेतको किटानी जाहेरीअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.